स्वास्थ्य

कोशी प्रदेशमा दुई लाख ६५ हजार किशोरीलाई एचपिभी खोप दिइँदै


erastriya मंगलबार, पुस १६, २०८१

झापा, १६ पुसः कोशी प्रदेश सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस भ्याक्सिन’ (एचपीभी) खोप लगाउने तयारी पूरा भएको जनाएको छ । 

 स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका प्रदेशका करिब दुई लाख ६५ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी पूरा भएको बताउनुभयो । उहाँका अनुसार आगामी माघ २३ गतेदेखि सबै खोप केन्द्रबाट खोप सञ्चालन हुनेछ ।

 प्रदेशका १४ वटै जिल्लाका स्वास्थ्य प्रमुख र केही स्थानीय तहहरुलाई मङ्सिर २३ देखि २६ गतेसम्मभित्र दुई समूहमा राखेर प्रदेशस्तरको अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । 

 खोप अधिकृत भण्डारीेका अनुसार आगामी माघको ३ गतेभित्र जिल्ला स्वास्थ्य कार्यालयमार्फत सबै वडा, स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई बोलाएर खोप केन्द्र निर्धारण गर्ने र प्रचारलाई तीव्र बनाउन बृहत् योजनासहित अभिमुखीकरण गरिनेछ । माघ ४ देखि १२ गतेभित्रमा प्रदेशका सबै स्थानीय तहमा अभिमुखीकरण सकेर वडा तहका स्वास्थ्यकर्मीलाई खोपका लागि आवश्यक तालिम प्रदान गरिनेछ ।

 आगामी माघ १२ देखि १५ गतेभित्र जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मीबीच अभिमुखीकरण गरिने र १५ देखि १८ गतेभित्रमा स्थानीय तह, वडा खोप समन्वय समिति र विद्यालय शिक्षक, स्वयम्सेविकाहरुमाझ अभिमुखीकरण कार्यक्रम तय भएको जनाइएको छ । माघ १० गतेभित्रमा सबै जिल्लामा खोप पु¥याइसकिने खोप अधिकृत भण्डारीको भनाइ छ । हाल झापा, मोरङ, सुनसरी र धनकुटामा आवश्यक प्रचार सामग्रीहरु पुगिसकेको र बाँकी जिल्लामा तीन दिनभित्र पु¥याइने उहाँले बताउनुभयो ।

 खोपलाई प्रभावकारी बनाउन र समन्वय गर्न प्रदेश स्वास्थ्य निर्देशानलय, आपूर्ति व्यवस्थापन केन्द्र र खोप साझेदार निकाय डब्लुएचओ वाटर हेडलगायतका टोली सहजीकरणका लागि जिल्लाहरुमा परिचालन गरिसकिएको उहाँले बताउनुभयो । “प्रदेशमा खोपको कमी छैन”, उहाँले भन्नुभयो, “तर खोप सबै लक्षित किशोरीहरुमा पु¥याउन चुनौती छ । यसका राजनीतिक दल, सामाजिक क्षेत्र, स्थानीयवासी र सञ्चारकर्मीको सहयोगको अपेक्षा गरेका छौँ ।” 

 विद्यालयबाहिर रहेका किशोरीहरु अधिकांश पिछडिएका, गरिबीका चपेटामुनिका हुँदा उनीहरुको पहिचान गरी खोप केन्द्रसम्म ल्याउन स्वास्थ्यकर्मीले मात्र नसक्ने हुँदा सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन
स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

१० घण्टा अघि

बुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
बुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म

१५ घण्टा अघि

जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति
जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति

१ दिन अघि

चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने

पुस १७, २०८१

ताजा अपडेट

  • ऊर्जा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड

    ऊर्जा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड

  • सरकार सञ्चालन र नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया

    सरकार सञ्चालन र नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया

  • घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने

    घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने

  • स्कुटर दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती गम्भीर घाइते

    स्कुटर दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती गम्भीर घाइते

  • स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

    स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

  • तराई-मधेशमा चिसो बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह

    तराई-मधेशमा चिसो बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह

  • सन् २०२५ मा विश्वका लागि ध्यान केन्द्रित गर्न चीन कटिबद्ध

    सन् २०२५ मा विश्वका लागि ध्यान केन्द्रित गर्न चीन कटिबद्ध

  • सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री दाहालको निर्देशन

    सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री दाहालको निर्देशन