अर्थ/बाणिज्य

सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री दाहालको निर्देशन


erastriya शुक्रबार, पुस १९, २०८१

पोखरा, १९ पुस : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादनका लागि कर्मचारीलाई निर्देशन दिनुभएको छ । सडक विभागद्वारा पोखरामा आयोजना गरिएको ‘आयोजना सञ्चालन तथा व्यवस्थापनसम्बन्धी दुईदिने कार्यशाला’ समापनमा आज उहाँले विकास निर्माणलाई तीव्रता दिइ आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नुपर्ने भएकाले सोही ढङ्गबाट तदारुकताका साथ काम गर्न निर्देशन दिनुभएको हो । मन्त्री दाहालले रुग्ण आयोजनाहरूको व्यवस्थापन गर्दै नयाँ आयोजनालाई गति दिनेगरी कार्यक्षेत्रमा खटिन आग्रह छ ।

असल नियतले कार्यसम्पादन गर्दा कुनै पनि निकायबाट कारबाहीमा परिन्छ कि भन्ने डर नमानी कार्य गर्न र नीतिगत समस्या भए मन्त्रालयले सहजीकरण गर्नेसमेत उहाँले प्रतिबद्धता जनाउनुभयो । “नेपाल अझै पनि निर्माणकै चरणमा रहेकाले अब बन्ने र बनिरहेका संरचनालाई दिगो र सुरक्षित बनाउनेतर्फ ध्यान दिन आवश्यक छ । आयोजनालाई आवश्यकता र उपयोगिताका आधारमा प्राथमिकता दिइ सङ्ख्यात्मक रूपमा मात्र नभई गुणात्मक पक्षमा पनि ध्यान दिन मेरो आग्रह छ”, मन्त्री दाहालले भन्नुभयो,“कुनै पनि आयोजना लामो समयसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्न मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको छ । यस पक्षमा पनि यहाँहरूबाट सहयोग हुनुपर्छ ।” मन्त्रालयका सचिव केशवकुमार शर्माले प्रत्येक आयोजनाको विवरण चुस्त राख्न, अभिलेख प्रणालीलाई व्यवस्थित बनाउन र कार्यक्षेत्रमा रहेर काम गर्न कार्यालय प्रमुख तथा आयोजना प्रमुखलाई निर्देशन दिनुभयो ।

कार्यसम्पादनका क्रममा बेरुजु फछ्र्यौटलाई ध्यान दिँदै बेरुजु नहुने ढङ्गबाट काम गर्न उहाँले आग्रह गर्नुभयो । कार्यशालामा सडक विभागका महानिर्देशक रामहरि पोखरेल, उपमहानिर्देशक उमेशबिन्दु श्रेष्ठ, मन्त्रालयका सहसचिव चन्द्रकला पौडेल, कृष्णराज पन्त, प्रभातकुमार झालगायतले विभिन्न विषयमा अवधारणापत्र पेस गर्नुभएको थियो । कर्मचारीको कार्यसम्पादनलाई थप गतिशील बनाउन देशका अन्य भागमा यस प्रकारको कार्यशाला सञ्चालन गरिने सडक विभागका महानिर्देशक पोखरेलले जानकारी दिनुभएको छ । १७ बुँदे प्रतिबद्धता तथा निर्देशन कार्यशाला सत्रबुँदे प्रतिबद्धता तथा निर्देशन जारी गर्दै सम्पन्न भएको छ । बढीभन्दा बढी समय कार्यक्षेत्रमा खटिन, अभिलेख प्रणाली व्यवस्थित बनाउन, कार्यसम्पादन विवरण नियमित रूपमा विभागमा पठाउनेलगायत विषय त्यसमा समेटिएका छन् ।

यस्तै, रुग्ण आयोजना व्यवस्थापनको कामलाई गति दिन, सञ्चालित आयोजनाको नियमित नियमन गर्नेलगायत विषय पनि यसमा रहेका छन् । उक्त १७ बुँदे प्रतिबद्धता तथा निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न मन्त्री दाहालले आग्रह गर्नुभयो । मन्त्रालयका सचिव शर्माले उल्लेखित विषय कार्यान्वयन भए, नभएको मूल्याङ्कन मन्त्रालयले गर्ने र त्यसलाई दण्ड र पुरस्कारको आधार बनाइने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

चालु आर्थिक वर्षको छ महिनाको अवधिमा भित्रियो ७ खर्ब ६३ ८ करोड
चालु आर्थिक वर्षको छ महिनाको अवधिमा भित्रियो ७ खर्ब ६३ ८ करोड

माघ २५, २०८१

भोजपुरे खुकुरी उद्योग सङ्कटमा
भोजपुरे खुकुरी उद्योग सङ्कटमा

माघ २४, २०८१

नेपालमै पेट्रोलियम पदार्थकाे खानी भेटिने सम्भावना:नमुना लिएर प्राविधिक टोली चीन फर्कियो
नेपालमै पेट्रोलियम पदार्थकाे खानी भेटिने सम्भावना:नमुना लिएर प्राविधिक टोली चीन फर्कियो

माघ ०४, २०८१

पाँच महिनामा वैदेशिक अध्ययनमा जाने विद्यार्थीले ४७ अर्ब ३४ करोड पैसा विदेश लगे
पाँच महिनामा वैदेशिक अध्ययनमा जाने विद्यार्थीले ४७ अर्ब ३४ करोड पैसा विदेश लगे

माघ ०४, २०८१

ताजा अपडेट

  • ‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा

    ‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा

  • लेबनानमा नयाँ सरकार गठन

    लेबनानमा नयाँ सरकार गठन

  • इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता

    इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता

  • कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण

    कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण

  • नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल

    नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल

  • इंग्ल्यान्डको गल्लीमा नेपालका  GB Rai  लाई देखें, आँखा झिमिक्क पार्न नपाउँदै हराउनुभयो

    इंग्ल्यान्डको गल्लीमा नेपालका GB Rai लाई देखें, आँखा झिमिक्क पार्न नपाउँदै हराउनुभयो

  • सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

    सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

  • कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन हुँदै

    कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन हुँदै