अर्थ/बाणिज्य

ऊर्जा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड


erastriya शुक्रबार, पुस १९, २०८१

काठमाडौँ, १९ पुस : उर्जा क्षेत्रका विज्ञहरुले मुलुकलाई समृद्ध बनाउन उर्जामा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । सरकारले निजी क्षेत्रलाई सहुलियत दरमा ऋण दिनुपर्ने मागसमेत विज्ञहरुले गरेका छन् । यहाँ आज आयोजित साक्षात्कारमा उनीहरुले सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गरेमा मात्रै काम गर्न सकिने जनाए । उक्त काममा सरकारले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए । उर्जा विज्ञ कृष्णप्रसाद भण्डारीले २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य दुरगामी र महत्वकांक्षी रहेको टिप्पणी गर्नुभयो ।

सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा यही पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त कार्ययोजना स्वीकृत गरेको थियो । “हामीले तीन दशकमा तीन हजार चार सय मेगावाट बिजुली उत्पादन ग-यौँ, त्यो पनि ८० प्रतिशत निजी क्षेत्रले गरेको छ, १० वर्षभित्रमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादनका लागि आर्थिक स्रोत कहाँबाट ल्याउने ?”, विज्ञ भण्डारीले भन्नुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेशराज काफ्लेले राज्यले ऊर्जा क्षेत्रमा लिएको लक्ष्य सरकार र नीति क्षेत्र मिलेको खण्डमा मात्र पूरा गर्न सकिने धारणा राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ
कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

असार १८, २०८२

प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक
प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

असार १५, २०८२

हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं- प्रचण्ड
हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं- प्रचण्ड

असार १४, २०८२

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने
आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

जेठ १६, २०८२

ताजा अपडेट

  • कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त

    कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्…

  • शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं

    शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेय…

  • दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान’ बनाइयो- प्रचण्ड

    दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान…

  • गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खतरा छ- प्रचण्ड

    गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खत…

  • स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

    स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

  • कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

    कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

  • रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

    रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

  • प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

    प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खे…