समाचार

झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै


erastriya बिहीबार, मंसिर २०, २०८१

भद्रपुर (झापा), २० मङ्सिरः विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो । “कम्पनीले धानको समर्थन मूल्य प्रति क्विन्टल रु तीन हजार पँच सय ८० दशमलव ६२ तोकेको छ”, उहाँले भन्नुभयो, “कम्पनीले तोकेको मूल्य बजार भाउभन्दा माथि रहेकाले किसानले धान बिक्री गर्नेछन् ।”

तीन लाख ८५ हजार मेट्रिक टन धान उत्पादन झापामा यो वर्ष तीन लाख ८५ हजार एक सय ९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ । धान लगाइएको क्षेत्रफल घटे पनि उत्पादनमा भने सामान्य वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यस वर्ष ७५ हजार चार सय ५९ हेक्टरमा धानखेती भएकामा उत्पादकत्व पाँच दशमलव १० मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिनुभयो । “गत वर्षभन्दा यो वर्ष आठ हजार सात सय ९१ मेट्रिक टन धान उत्पादन बढेको छ”, उहाँले भन्नुभयो ।

जिल्लाको केही स्थानमा हर्दिना–६, सावा मसुली, बहुगुणी–२ लगायतका जातका धानबालीमा पेनिकल ब्लाइडको समस्या देखिए पनि समग्रमा धान उत्पादन बढेको ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष धानखेतीका लागि मौसम अनुकूल हुनु, मलको उपलब्धताका साथै गुणस्तरीय तथा उन्नत बीउका कारण उत्पादन बढेको सूचना अधिकारी भण्डारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

युरोपमा टेस्लाको ब्यापार ४९% घटयो, बिवाइडीको ३५ प्रतिशतले बृद्दी
युरोपमा टेस्लाको ब्यापार ४९% घटयो, बिवाइडीको ३५ प्रतिशतले बृद्दी

जेठ १५, २०८२

निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा
निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा

माघ १४, २०८१

बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन
बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन

माघ ०४, २०८१

वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु
वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु

माघ ०३, २०८१

ताजा अपडेट

  • पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

    पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकार…

  • अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

    अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

  • राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी

    राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देन…

  • एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्बजनिक

    एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्र…

  • डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

    डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे …

  • फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

    फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

  • नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोबार

    नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोब…

  • पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र कुवेत

    पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र …