ब्यापार

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई अध्यापनको अनुमति प्रदान गर्न सर्वोच्चको आदेश


erastriya सोमबार, चैत १२, २०८०

सर्वोच्च अदालतले दुर्गा प्रसाईंको झापास्थित बी एण्ड सी मेडिकल कलेजलाई मेडिकल शिक्षा अध्यापनको अनुमति प्रदान गर्न आदेश दिएको छ। कलेजका सञ्चालक दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाएको हो।

अदालतले उनको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको हो । यस संगै सो मेडिकल कलेजले एमबिबिएस अध्यापन गराउन पाउने बाटो खुलेको छ ।

आज न्यायधीश डा. कुमार चुडाल र शारङ्गा सुवेदीको इजलाशले यस मुद्दाको फैसला सुनाएको हो । गत चैत ६ गते सोहि इजलाशले यस मुद्दाको सुनुवाइ सकेर आज चैत १२ गते फैसला सुनाएको हो।

बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट प्रारम्भिक अनुमति पाए पनि सरकारले अनुमति नदिएपछि प्रसाईले मुद्दा दायर गरेका थिए। प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमी, काठमाडौँ विश्वविद्यालय धुलिखेल र सरकारबिरुद्ध २०७७ साल असार २१ गते रिट दायर गरेका थिए ।

उक्त मुद्दामा सर्वोच्चले अग्राधिकार प्रदान गरेर सुनुवाई गरेको थियो । गत चैत ४ गते न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको संयुक्त इजलासले यो मुद्दा गम्भीर संवेदनशील भएको भन्दै अग्राधिकार दिने आदेश गरेको थियो ।

सरकारले बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई मेडिकल शिक्षा अध्यापनका लागि प्रारम्भिक अनुमति (एलओसी) दिएर आवश्यक संरचना बनाउन स्वीकृति दिएको थियो । तर, संरचना बनाइसकेपछि सरकारले अध्यापनको अनुमति भने दिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

युरोपमा टेस्लाको ब्यापार ४९% घटयो, बिवाइडीको ३५ प्रतिशतले बृद्दी
युरोपमा टेस्लाको ब्यापार ४९% घटयो, बिवाइडीको ३५ प्रतिशतले बृद्दी

जेठ १५, २०८२

निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा
निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा

माघ १४, २०८१

बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन
बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन

माघ ०४, २०८१

वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु
वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु

माघ ०३, २०८१

ताजा अपडेट

  • फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

    फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

  • नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोबार

    नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोब…

  • पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र कुवेत

    पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

    साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिद…

  • रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

    रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्…

  • भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

    भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन