ब्यापार

चौधरीको लुट धन्दा ललितपुरमा पनि ५ रोपनी गुठीको जग्गा चौधरीको कब्जामा


erastriya बुधबार, फागुन ३०, २०८०

जुत्ता उत्पादनमा प्रमुख हिस्सेदार बनेको बेला बाँसबारी छाला तथा जुत्ता कारखानालाई घाटा देखाउन लगाएर यसको १० रोपनी जग्गा कानूनविपरीत कब्जा गरेको चौधरी ग्रुपले १६ सय वर्ष लामो इतिहास बोकेको रातो मत्स्येन्द्रनाथको जात्रा नै समाप्त पार्ने गरी सरकारी जग्गा हडपेको पाइएको छ । अवाल देवाली गुठीसहितको भोगचलनमा रहेको पुल्चोकस्थित ४ रोपनी ४ आना १ पैसा पर्ति जग्गा २०६६ सालपछि ५ टुक्रा पारेर विनोद चौधरीका भाइ अरुण चौधरी अध्यक्ष रहेको हिमालयन इन्टरप्राइजेजका नामबाट कब्जा गरिएको हो ।

२०२१ सालको नापीअनुसार ४३ नम्बर नम्बर कित्तामा रहेको उक्त जग्गा चौधरी ग्रुपले कब्जा गरेको छ । गुठी संस्थान ललितपुर शाखालाई मालपोत कार्यालय ललितपुरले पठाएको श्रेस्ता उतारको प्रतिलिपिबाट सगोलको ४३ नम्बर कित्ता पर्ति जग्गा हो भन्ने प्रमाणित हुन्छ भने हाल त्यसको भोगाधिकारी अरुण चौधरी अध्यक्ष रहेको हिमालयन इन्टरप्राइजेज हो भन्ने पनि देखिएको छ । तर, यो जग्गाको मोही वा तल्सिङ् कोही देखिँदैन ।

तत्कालीन वडासचिव बाबुराजा डंगोलले गुठीयारहरुलाई बोलाएर गरेको सर्जमिनबाहेक यो जग्गा किनबेचमा मोही वा तल्सिङ देखिँदैन । सर्वोच्च अदालतले २०६२ कार्तिक १ गतेको एउटा मुद्धामा फैसला गर्दै कित्ता नम्बर ४३ को सार्वजनिक पर्ति जग्गालाई हिमालयन इन्टरप्राइजेज प्रालिको नाममा दर्ता गर्न दिएको र सोही आदेशको जगमा २०६६ माघ ७ गते ललितपुर मालपोत कार्यालयले कित्ताकाट गरी जग्गाधनी प्रमाणपूर्जा दिएको देखिएको छ ।

सो जग्गालाई हकदावी गर्न पुगेका गोपाल शमशेर जबरा र गौरीशंकर जबरासम्बन्धी मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले २०७९ फागुन २३ गते पुनः अन्तिम फैसला गर्दै कित्ता नम्बर ४३ को सार्वजनिक पर्ति जग्गाको कित्ताकाट र हिमालयन इन्टरप्राइजेजको नाममा हुने यसअघिको फैसलालाई सदर गरेको देखिएको छ ।

अरुण चौधरी पक्षले श्रीधरशमशेर जबराको हुने सर्वोच्चको फैसला बमोजिमको उक्त जग्गा हिमालयन इन्टरप्राइजेज प्रालिको भएको दाबी गरेको छ ।

अवाल गुठियारहरुका अनुसार पहिले शंकरशमशेर जबराले यो जग्गा आफ्नो भएको जिकिर गर्थे । तर, २०५८÷०५९ मा हिमालयन इन्टरप्राइजेजको नाममा आउनुअघिसम्म यो जग्गा पर्ति भएको मातपोत कार्यालय ललितपुरले उपलब्ध गराएको कागजातमा उल्लेख छ ।

सीजी समूहको कर्पोरेट कार्यालय पुग्न झण्डै १०० मिटर अगाडि नै पर्ने अवालहरुको कुल पूजा गर्ने देवस्थल भएको जग्गा विनोद चौधरीको डिजाइनमा हिमालयन इन्टरप्राइजेजले कब्जा गरेको हो । ललितपुरका तत्कालीन मेयर बुद्धीराज बज्राचार्यलाई चौधरी समूहले आठ आना जग्गाको अफर दिएका कारण पनि यसको मुख्य डिजाइनर विनोद चौधरी नै भएको पुष्टि हुन्छ । तत्कालीन मेयर बज्राचार्यले एउटै कित्तामा रहेको ४३ नम्बरको ४ रोपनी ४ आना १ पैसा जग्गा पर्ति नै रहेको पुष्टि हुने थुप्रै प्रमाणहरु रहेको बताएका छन् ।

पुल्चोकमा रहेको अवाल देवाली गुठीको जग्गामा रातो मत्स्येन्द्रनाथको रथ बनाउन सुरु गर्नुभन्दा पहिले विधिपूर्वक ‘रक्षा’ पूजा गर्ने प्रचलन छ । अवालहरुको कुल देवतास्थल रहेका कारण चौधरी समूहले त्यो ठाउँमा व्यापारिक भवन बनाइसकेको छैन । तर, अन्य पाँचवटा कित्तामा विभिन्न संरचनाहरू बनाएर भाडामा दिइएको छ ।

नजिकै ललितपुर महानगरको ३ नम्बर वडा कार्यालय छ । वडा कार्यालय छेउको सरकारी जग्गासँगै चौधरी समूहको हाउजिङ बन्दैछ । त्यो हाउजिङ पुग्नु अगावैको जग्गामा अवालहरुको कुल देवताको देवस्थल छ । जुन अहिले साँघुरो टुक्रामा खुम्चिएको छ ।

चौधरीले आफ्ना कानून व्यवसायी र प्रतिनिधि पठाएर पटक–पटक कुलदेवता हटाउन भनिरहेका छन् । ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन भने मौन छन् । संयोगले पहिले ३ नम्बर वडाको वडाध्यक्ष भएका चिरिबाबु अहिले मेयर भएर पनि केही गर्न सकिरहेका छैनन् । चौधरी समूहका सामु चिरिबाबु चुइँक्क बोल्दैनन् ।

अवाल गुठीयारहरु भने यसको छानबिनका लागि गुठी संस्थान, मालपोत र नापी कार्यालयबाट कागजात संकलन गरिरहेका छन् ।

गृहमन्त्रालयले देशभर अतिक्रमणमा परेका सरकारी जग्गाको विवरण पठाउन भनी ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेपछि उनीहरु यो जग्गा खोज्नलाई सरकारी कार्यालय गुहार्ने तयारीमा छन् ।

पुल्चोकमा रहेको अवाल देवाली गुठीको जग्गामा रातो मत्स्येन्द्रनाथको रथ बनाउन सुरु गर्नुभन्दा पहिले विधिपूर्वक ‘रक्षा’ पूजा गर्ने प्रचलन छ । अवालहरुको कुल देवतास्थल रहेका कारण चौधरी समूहले त्यो ठाउँमा व्यापारिक भवन बनाइसकेको छैन । तर, अन्य पाँचवटा कित्तामा विभिन्न संरचनाहरू बनाएर भाडामा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा
निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा

१ दिन अघि

बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन
बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन

माघ ०४, २०८१

वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु
वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु

माघ ०३, २०८१

अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’

माघ ०२, २०८१

ताजा अपडेट

  • देशव्यापी सम्मेलन र खबरदारीबाट नयाँ जागरण पैदा भएको छ: माओवादी

    देशव्यापी सम्मेलन र खबरदारीबाट नयाँ जागरण पैदा भएको छ: माओवादी

  • सहिद दिवस : ‘राष्ट्रिय चेतना र सहिदको भावना’ विषयक कला प्रदर्शनी सुरू

    सहिद दिवस : ‘राष्ट्रिय चेतना र सहिदको भावना’ विषयक कला प्रदर्शनी सुरू

  • गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग

    गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग

  • शिक्षकलाई शैक्षिक सामग्री निर्माणका लागि

    शिक्षकलाई शैक्षिक सामग्री निर्माणका लागि

  • सातवर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि सम्पन्न भएन आँधीखोलाकाे पुल

    सातवर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि सम्पन्न भएन आँधीखोलाकाे पुल

  • विपन्न परिवारलाई रासन कार्ड र रासन वितरण

    विपन्न परिवारलाई रासन कार्ड र रासन वितरण

  • निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा

    निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा

  • पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा चोत्लुङ पार्क अवलोकन

    पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा चोत्लुङ पार्क अवलोकन