अर्थ/बाणिज्य

रवि लामिछने काे ग्यालेक्सी टिभि बन्द


erastriya शनिबार, पुस ०७, २०८०

काठमाडौं । फोरके प्रविधिको नाममा सुरु भएको ग्यालेक्सी फोरके टीभी बन्द भएको छ । करिब तीन वर्षअघि तत्कालीन सञ्चारकर्मी एवं हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अगुवाइमा सुरु भएको यो टीभी बन्द भएको हो ।

फोरके प्रविधिमा टेलिभिजन सुरु गर्दा ग्यालेक्सीले विशेष चर्चा पाएको थियो । अधिकांश च्यानल एचडी प्रविधिमा समेत अपग्रेड हुन नसकिरहेको अवस्थामा ग्यालेक्सीले फोरकेमा प्रसारण थालेको थियो । त्यस्तै टेलिभिजनमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा, आविष्कार लगायतका कार्यक्रम प्रसारण हुने घाेषणा गरिएकाे थियाे । तर टेलिभिजन सञ्चालनमा आएको ३४ महिनापछि ग्यालेक्सी फोरके बन्द हुन पुगेको छ । टीभीका मालिक गीतेन्द्र बहादुर राई (जीबी राई) सहकारी ठगी प्रकरणमा फरार भएपछि टेलिभिजनले नियमित कार्यक्रम प्रसारण गर्न छोडेको छ ।

 

राईमाथि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १६ अर्ब रुपैयाँ बढी रकम अपचलन गरेको आरोप छ । उक्त सहकारीका पूर्वअध्यक्ष र हालका संरक्षक रहेका राईले आकर्षक ब्याज दिने प्रलोभनमा सर्वसाधारण व्यक्तिहरूलाई सहकारीमा पैसा जम्मा गर्न लगाएर रकम हिनामिना गरेको भन्दै जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । अदालतले भदौ २४ मा पक्राउ पुर्जी जारी गरेपनि हालसम्म उनी फरार छन् । राई सम्पर्कमा नआएपछि टेलिभिजनले ६ दिनयता नियमित कार्यक्रम प्रसारण बन्द गरेको छ । फेसबुक, युट्यब लगायत टीभीका टीभीका सामाजिक सञ्जाल अकाउन्टमा नयाँ अपडेट छैन । अहिले उक्त टीभीमा गीतमात्रै प्रसारण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

युरोपमा टेस्लाको ब्यापार ४९% घटयो, बिवाइडीको ३५ प्रतिशतले बृद्दी
युरोपमा टेस्लाको ब्यापार ४९% घटयो, बिवाइडीको ३५ प्रतिशतले बृद्दी

जेठ १५, २०८२

निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा
निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा

माघ १४, २०८१

बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन
बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन

माघ ०४, २०८१

वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु
वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु

माघ ०३, २०८१

ताजा अपडेट

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

    साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिद…

  • रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

    रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्…

  • भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

    भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

    नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छै…

  • सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

    सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

  • जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

    जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री …