काठमाडौं : नेपाल एयरलायन्सको सबै विमानहरू सञ्चालनमा आएका छन्। प्राविधिक समस्या आएपछि ग्राउन्डेड भएका विमानहरू सञ्चालनमा आएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए।
दसैं तिहार लक्षित गर्दै ग्राउन्डेड रहेका सबै विमान मर्मत गरी असोज २९ गतेदेखि नै सञ्चालनमा ल्याइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
'अल्पकालीन प्राविधिक समस्याको कारण उडान प्रभावित भई यात्रुवर्गमा पर्न गएको असुविधा प्रति क्षमायाचना गर्दै आगामी दिनमा यस्ता समस्या न्यूनिकरण गर्न उचित व्यवस्थापन गर्दै लैजान निगम प्रतिवद्ध रहेको छ। यस्ता समस्या दोहोरिन नदिने गरी काम गर्न र जहाज ग्राउण्डेड हुनुका कारणहरुबारे स्पष्ट पार्न र कतै कसैको कमी कमजोरी भएमा कडा कारबाही गर्न निर्देशन दिनुभएको छ,' विज्ञप्तिमा भनिएको छ।
प्रतिकिर्या