काठमाडौँ । अन्ततः बिजुली निर्यातमा नेपालले एउटा फड्को मारेको छ । विगत लामो समयदेखिको तयारीका बाबजुद दीर्घकालीनरुपमा भारततर्फ बिजुली निर्यातमा विविध झन्झट देखिएको थियो । जुन झन्झट भारतको पछिल्लो मन्त्रिपरिषद् बैठकले अन्त्य गरिदिएको छ । भारत सरकारले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने निर्णय पारित गरेसँगै नेपालको बिजुली निर्यातमा एउटा खुड्किलो पार भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए । सोही घोषणा अनुसार पछिल्लो मन्त्रिपरिषद्ले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने निर्णय गरेको हो ।
प्रतिकिर्या