विकास

गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग


erastriya मंगलबार, माघ १५, २०८१

लुम्बिनी, १५ माघः नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘न्यारोबडी’का एयरलाइन्सको बेस बनाउन माग गरेको छ । नाट्टाले चीन, बौद्धमार्गी तेस्रो मुलुक र श्रमिक गन्तव्य खाडी मुलुकका लागि भैरहवा बेस न्यारोबडी जहाज सञ्चालन भएमा मात्र दीर्घकालीन हुने निष्कर्ष निकालेको हो ।

बुटवलमा सम्पन्न कार्यशालाले उक्त निष्कर्ष निकालेको आज जारी विज्ञप्तिमा भनिएको छ । संस्थाका अध्यक्ष चन्द्रबहादुर थापा र महासचिव सीता बस्यालले संयुक्त रूपमा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि सरकारले अझै प्रभावकारी योजना बनाउनुपर्ने माग गरिएको छ । यसैगरी, प्रोत्साहन सुविधासहितको प्याकेज घोषणा गरी सबै आन्तरिक हवाई उडान कम्पनीका कम्तीमा एउटा जहाजबाट निश्चित अवधिका लागि दैनिक अन्तर प्रदेश हवाई कनेक्टिभिटी उडानको व्यवस्था गर्नुपर्ने माग पनि नाट्टाले गरेको छ ।

यसैगरी, अन्तर्राष्ट्रिय हवाई यात्रीका लागि बस र होटल सुविधा सहुलियत घोषणा गरी यात्रुमैत्री नीति अवलम्बन गर्नुपर्ने माग पनि गरेको छ । प्लानिङ वर्कसप तथा फेलोसीप कार्यक्रमबाट वर्षभरि गरिने पर्यटकीय कार्यक्रमको सूची निर्धारण गरिएको विज्ञप्तिमा जनाइएको छ । लुम्बिनी प्रदेश पर्यटन परिषद्का सदस्य माधव नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यशाला तथा फेलोसीप कार्यक्रमबाट ५० ट्राभल व्यवसायीको सहभागितामा विभिन्न विषयगत समिति पनि गठन गरिएको जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सातवर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि सम्पन्न भएन आँधीखोलाकाे पुल
सातवर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि सम्पन्न भएन आँधीखोलाकाे पुल

माघ १५, २०८१

तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण
तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण

माघ ०९, २०८१

तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम
तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम

पुस २०, २०८१

उन्नाइस वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत,साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो
उन्नाइस वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत,साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो

पुस १९, २०८१

ताजा अपडेट

  • सोनामल्होसार जस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छः राष्ट्रपति

    सोनामल्होसार जस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छः राष्ट्रपति

  • अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा शम्भु पन्त विजय

    अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा शम्भु पन्त विजय

  • देशव्यापी सम्मेलन र खबरदारीबाट नयाँ जागरण पैदा भएको छ: माओवादी

    देशव्यापी सम्मेलन र खबरदारीबाट नयाँ जागरण पैदा भएको छ: माओवादी

  • सहिद दिवस : ‘राष्ट्रिय चेतना र सहिदको भावना’ विषयक कला प्रदर्शनी सुरू

    सहिद दिवस : ‘राष्ट्रिय चेतना र सहिदको भावना’ विषयक कला प्रदर्शनी सुरू

  • गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग

    गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग

  • शिक्षकलाई शैक्षिक सामग्री निर्माणका लागि

    शिक्षकलाई शैक्षिक सामग्री निर्माणका लागि

  • सातवर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि सम्पन्न भएन आँधीखोलाकाे पुल

    सातवर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि सम्पन्न भएन आँधीखोलाकाे पुल

  • विपन्न परिवारलाई रासन कार्ड र रासन वितरण

    विपन्न परिवारलाई रासन कार्ड र रासन वितरण