विकास

तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम


erastriya शनिबार, पुस २०, २०८१

दमौली (तनहुँ), २० पुस : तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम बढेको छ । दैनिक हजारौँ सर्वसाधारण आवतजावत गर्ने पुलको पत्ताको केही भाग उप्किएर बाँसको कप्टेरो राख्नुपरेको छ । 

विसं २०३७ मा निर्मित उक्त पुल जीर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको छ । उक्त झोलुङ्गे पुल हुँदै सामान्य दिनमा स्थानीय तथा बाहिरबाट आउने भक्तजनसहित दैनिक छ हजारभन्दा बढी सङ्ख्याले उक्त पुलबाट आवतजावत गर्ने तथा मेला, महोत्सव तथा यज्ञ सञ्चालन भएको दिनमा हजारौँ भक्तजनले यही पुल प्रयोग गर्ने गर्छन् ।

माघे सङ्क्रान्ति मेलामा त एकै दिन लाखौँ भक्तजनले उक्त पुल मार्फत आवतजावत गर्छन् । देवघाट गाउँपालिकाका सामाजिक अगुवा तथा देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले त्रिशूलीको झोलुङ्गे पुलले अब धान्न गाह्रो हुने बताउनुभयो । 

विसं २०३७ मा निर्माण सम्पन्न भएको उक्त पुलमा हाल दैनिक छ हजार जनाभन्दा बढीले आवतजावत गर्ने र सयौँ मोटरसाइकल वारपार गर्ने पौडेलले जानकारी दिनुभयो । देवघाट आउनका लागि हाल उक्त झोलुङ्गे पुलबाहेक ठिमुराको पुल, दासढुङ्गाको मोटरेबल पुल, नवलपुर जोड्ने हर्दीको पुल तथा जुगेडीको झोलुङ्गे पुल पनि छ । 

देवघाट आउने भक्तजनमध्ये करिब ९५ प्रतिशत चितवनको आँपटारी हुँदै उक्त पुल तरेर तनहुँ प्रवेश गर्ने पौडेलले दाबी गर्नुभयो । सोही कारण पनि उक्त झोलुङ्गे पुलको विकल्प सोच्नु पर्ने बेला आएको पौडेलले बताउनुभयो । पौडेलले उक्त पुलको विकल्प तत्काल खोज्न नसक्ने हो भने अब उक्त पुलमा मोटरसाइकल सञ्चालनमा रोक लगाउनुपर्ने बताउनुभयो । 

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुल मर्मत गर्नुपर्ने विषयमा सस्पेन्सन पुल डिभिजन कार्यालयलाई जानकारी गराइएको बताउनुभयो । देवघाट जान तीन वटा मोटरेबल पुल सञ्चालनमा आइसकेको हुँदा अब उक्त पुलबाट मोटरसाइकल सञ्चालनमा रोक लगाउनुपर्ने उहाँको भनाइ छ ।

देवघाटका सामाजिक अगुवा बलबहादुर क्षेत्रीले पनि जतिसक्दो चाँडो उक्त पुलबाट मोटरसाइकल आवतजावतमा रोक लगाउनुपर्ने बताउनुभयो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले पुल जीर्ण भएको बारेमा गत मङ्सिरमै सस्पेन्सन बृज डिभिजन कार्यालयलाई जानकारी गराइसकिएको बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्रचण्डको प्रतिबद्धता
हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्रचण्डको प्रतिबद्धता

साउन ०३, २०८२

ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य सम्पन्न
ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य सम्पन्न

जेठ ३२, २०८२

सुुनकोशी मरिन डाइभर्सन समयमा नसकिए ठेक्का तोडिनेछः प्रधानमन्त्री
सुुनकोशी मरिन डाइभर्सन समयमा नसकिए ठेक्का तोडिनेछः प्रधानमन्त्री

जेठ १९, २०८२

पुल भाँचिएपछि यात्रुको बिचल्ली, छैन वैकल्पिक मार्ग
पुल भाँचिएपछि यात्रुको बिचल्ली, छैन वैकल्पिक मार्ग

बैशाख ३०, २०८२

ताजा अपडेट

  • सहिद परिवार नेतृ लक्ष्मी गुरुङद्वारा प्रचण्डलाई प्रत्र

    सहिद परिवार नेतृ लक्ष्मी गुरुङद्वारा प्रचण्डलाई प्रत्र

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…