स्वास्थ्य

एचपिभी खोप अभियान सफल पार्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण


erastriya बुधबार, माघ ०९, २०८१

 

सिरहा, ९ माघः सिरहा नगरपालिका स्वास्थ्य शाखाको आयोजना एवं जनस्वास्थ्य कार्यालय सिरहाको प्राविधिक सहयोगमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान–२०८१ अन्तर्गत नगरभित्र खोप दिने स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको छ ।

कार्यक्रमका बारेमा प्रकाश पार्दै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहम्मद इद्रिस राइनले यही माघ २२ देखि २९ गतेसम्म नगरका ६० विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका साढे सात हजार किशोरीलाई एचपिभी खोप लगाइने जानकारी दिनुभयो । एचपिभी खोप अभियानका लागि नगरका २२ वटै वडाका ३२ जना स्वास्थ्यकर्मीलाई तालिम दिइएको र यसअघि २१ जना स्वास्थ्य संस्थाका प्रमुखहरूलाई तालिम दिइएको छ । तालिममा सहभागी स्वास्थ्यकर्मीलाई नगरप्रमुख डा नवीनकुमार यादवले यसै वर्षदेखि अभियानसहित नियमित खोप कार्यक्रममा समावेश गरेको एचपिभी खोप अभियानका लागि शतप्रतिशत लक्ष्य प्राप्ति हुनेगरी तयारी गर्न आग्रह गर्नुभयो ।

जिल्लामा एचपिभी खोपको आवश्यक मात्रा जिल्ला स्वास्थ्य कार्यालयमा आइसकेको जनस्वास्थ्य अधिकृत कृष्णदेव यादवले जानकारी दिनुभयो । महिलाहरूमा पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन ग्लोबल एलायन्स (गाभी)को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एचपिभी खोप ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता
गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता

चैत ०४, २०८१

दुर्गा प्रसाईको पूर्वाञ्चल क्यान्सर अस्पतालमा साउथ एसियन‘ क्यान्सर सम्मेलन’ हुँदै
दुर्गा प्रसाईको पूर्वाञ्चल क्यान्सर अस्पतालमा साउथ एसियन‘ क्यान्सर सम्मेलन’ हुँदै

फागुन ०३, २०८१

सत्ताइस लाख खर्चेर स्वास्थ्य केन्द्रको भवन निर्माण
सत्ताइस लाख खर्चेर स्वास्थ्य केन्द्रको भवन निर्माण

माघ ११, २०८१

मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया
मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

माघ ०८, २०८१

ताजा अपडेट

  • विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

    विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

  • रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधिकांश भू–भाग कब्जा गरेको दाबी

    रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधि…

  • प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

    प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेट…

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस