स्वास्थ्य

मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया


erastriya मंगलबार, माघ ०८, २०८१

 

खाँदबारी (सङ्खुवासभा), ८ माघः यहाँको खाँदबारीमा सञ्चालित तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा ६३ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको छ ।

 

केन्द्रले सोमबार र मङ्गलबार आयोजना गरेको शिविरमा पाँच सय २३ जनाको सामान्य आँखा जाँच गरिएको तेजरत्न आँखा उपचार केन्द्रका प्रमुख क्षितिज बरालले बताउनुभयो ।

 

मेची आँखा अस्पताल झापाको सहयोगमा सञ्चालित शिविरमा सङ्खुवासभा, धनकुटा र भोजपुरका आँखा रोगीले उपचार सेवा लिएका छन् । मेची आँखा अस्पतालका डा पुरुषोत्तम जोशी नेतृत्वको टोलीले शिविरमा आएका बिरामीको उपचार गरेको थियो । वडावडामा आँखा जाँच गरेर मोतियाबिन्दु लागेका बिरामीको पहिचान गरी उनीहरुलाई निःशुल्क उपचार गरिएको उपचार केन्द्रका प्रमुख बरालले बताउनुभयो ।

 

शिविरमा दुई सय ५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता
गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता

चैत ०४, २०८१

दुर्गा प्रसाईको पूर्वाञ्चल क्यान्सर अस्पतालमा साउथ एसियन‘ क्यान्सर सम्मेलन’ हुँदै
दुर्गा प्रसाईको पूर्वाञ्चल क्यान्सर अस्पतालमा साउथ एसियन‘ क्यान्सर सम्मेलन’ हुँदै

फागुन ०३, २०८१

सत्ताइस लाख खर्चेर स्वास्थ्य केन्द्रको भवन निर्माण
सत्ताइस लाख खर्चेर स्वास्थ्य केन्द्रको भवन निर्माण

माघ ११, २०८१

एचपिभी खोप अभियान सफल पार्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण
एचपिभी खोप अभियान सफल पार्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

माघ ०९, २०८१

ताजा अपडेट

  • विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

    विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

  • रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधिकांश भू–भाग कब्जा गरेको दाबी

    रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधि…

  • प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

    प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेट…

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस