ब्यापार

हराउँदै गयो गुन्द्री बुन्ने चलन


erastriya मंगलबार, पुस २३, २०८१

वालिङ (स्याङ्जा), २३ पुसः पछिल्लो समय यहाँ गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो–लामो परालका छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री बुन्ने परम्परा रही आएको छ ।  

खेतबारीमा भएका बालीनाली भित्र्याइसकेपछि विशेषगरी पुस–माघका दिनमा फुर्सदिलो समयमा हाते तानको माध्यमबाट गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो । धार्मिक पूजाआजा तथा पितृकार्यमा पनि धानको परालबाट बुनिएका नयाँ गुन्द्री प्रयोग गर्ने चलन थियो । बजारमा आउने प्लास्टिकका गुन्द्री तथा म्याटका प्रयोग बढ्दै जाँदा गुन्द्री बुन्नै छाडिएको वालिङ–८ की सीता सुवेदीले बताउनुभयो ।

“बजारमा प्लास्टिकका गुन्द्री र म्याट पाइन्छ, तिनकै प्रयोग गर्न थालियो”, उहाँले भन्नुभयो, “गुन्द्री बुन्न अब हामीले सकिँदैन नयाँ पुस्ताले गुन्द्री बुन्न दुःख मान्छन् ।” अझ पछिल्लो समय खेती गर्नै छाडेकाले परालको अभाव हुने र खेती गरिहालेमा पनि हाइब्रिड जातको खेती गर्दा पराल छोटो हुने गरेको उहाँले बताउनुभयो ।

सहरोन्मुख क्षेत्रमा प्लास्टिकबाट बनेका गुन्द्री र म्याटको प्रयोग बढ्दै गएकाले गुन्द्री बुन्न छाडिएको उहाँले बताउनुभयो । ग्रामीण भेगमा अझै पनि छिटपुट रूपमा गुन्द्री बुन्ने गरे पनि विस्तारै बजारको प्रभाव ग्रामीण क्षेत्रमा पर्दै गएकाले गुन्द्री बुन्ने पराम्परा हराउँदै गएको वालिङ–८ की रन्नता बगालेले बताउनुभयो ।

गुन्द्री बुन्न झन्झटिलो भएकाले पनि नयाँ पुस्ता आकर्षित नभएको हुनसक्ने उहाँ बताउनुहुन्छ । नयाँ पुस्ताको आकर्षण नहुनु एकातिर छभने अर्कातिर पुरानो पुस्ताले जानेको सीप नयाँ पुस्तामा हस्तान्तरण नगर्दा गुन्द्री बुन्ने संस्कृति लोप भएर जानसक्छ । परालको लम्बाइअनुसार गुन्द्रीको चौडाइ निर्धारण गरी गुन्द्री बुन्ने गरिन्छ । छोटो परालबाट थर्कटी तथा चकटी बुन्न सकिन्छ । स्थानीय स्रोत र साधनको प्रयोग गरी गुन्द्री बुन्ने गरिन्छ । विशेषगरी धानको पराल, जुटको धागो, बाबियोको खर प्रयोग गरी गुन्द्री बुन्न सकिन्छ । हाते तान बनाएर जुट वा बाबियोको खरको डोरीमा बुनिएको पराललाई काठको हतासोले ठोकेर गुन्द्री बनाउने गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

युरोपमा टेस्लाको ब्यापार ४९% घटयो, बिवाइडीको ३५ प्रतिशतले बृद्दी
युरोपमा टेस्लाको ब्यापार ४९% घटयो, बिवाइडीको ३५ प्रतिशतले बृद्दी

जेठ १५, २०८२

निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा
निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा

माघ १४, २०८१

बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन
बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन

माघ ०४, २०८१

वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु
वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु

माघ ०३, २०८१

ताजा अपडेट

  • रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

    रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

  • हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्वीकार छैन

    हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्व…

  • सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले तिमीलाई सम्झनेछौं !

    सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले त…

  • हुदै नभएको विद्यालयको भवन बनाएको विवरण पेश गरि भ्रष्टाचार, चार जनाविरुद्ध मुद्धा दायर

    हुदै नभएको विद्यालयको भवन बनाएको विवरण पेश गरि भ्रष्…

  • रास्वपाको सचिवालयको बैठक बस्दै

    रास्वपाको सचिवालयको बैठक बस्दै

  • श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक

    श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्…

  • नेपालमा एमसीसीले निरन्तरता पाउने

    नेपालमा एमसीसीले निरन्तरता पाउने

  • कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

    कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ