काठमाडौँ ; भारतको आन्द्र प्रदेश–१३६९ नम्बरको सो बुलेट मोटरसाइकल भन्सार तिरेर काठमाडौँ तर्फ लागेको सशस्त्र प्रहरी बलका अधिकारीहरुले बताएका छन् । मोटरसाइकल चालकले दैनिक २ सयको दरले १ हजार नगद भन्सार कार्यालय वीरगञ्जमा बुझाएका हुन् ।
तर, सो मोटसाइकल सुनको जस्तै देखिए पनि सुनको होइन । सशस्त्र प्रहरीले चेकजाँच गर्दा मोटरसाइकलको बाहिरी भाग पित्तलको भएको थाहा भएको छ । ‘भारतमा २० हजारमा पित्तलको कभर पाइने रहेछ’ सशस्त्र प्रहरी बलका एकजना अधिकृत भन्छन्– ‘सुनको जस्तो देखेर चेकजाँच गरेका थियौं, मोटरसाइकल काठमाडौँतिर लागेको छ ।
सामाजिक सञ्जाल (फेसबुक)मा एउटा पँहेलो रंगको मोटरसाइकलको भिडियो भाइरल छ । त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब १ सय केजी सुनबारे अनुसन्धान भइरहँदा सो मोटरसाइकलबारे हजारौंले प्रतिक्रिया जनाएका छन् ।
प्रतिकिर्या