ब्यापार

प्रचण्ड सरकार ले स्टिल र फलाम मात्रै १० अर्बकाे पठायो भारत


erastriya शुक्रबार, साउन ०५, २०८०

नेपालबाट यो आर्थिक वर्षमा अहिलेसम्मकै धेरै फलाम र स्टिलजन्य वस्तुको निर्यात भएको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले स्टिलजन्य वस्तुको निर्यातमा आठ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरेकाले यो वर्ष अहिलेसम्मकै धेरै निर्यात भएको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिना अर्थात् साउनदेखि जेठसम्म नाै अर्ब ८९ करोड ९६ लाख रुपैयाँको फलाम र स्टिलजन्य वस्तु निर्यात भएको छ । सबैभन्दा धेरै भारतमा नाै अर्ब १६ करोड ७६ लाख रुपैयाँको स्टिलजन्य वस्तु निर्यात भएको विभागले जनाएको छ । यस्तै रोमानिया र ताइवानमा पनि नेपाली स्टिलजन्य वस्तु निर्यात भएको छ ।

गएको अर्थिक वर्ष २०७८/७९ मा नेपाललले जम्मा तीन अर्ब ८७ करोड रुपैयाँको स्टिलजन्य वस्तु निर्यात गरेको थियो । सरकारले चालु आर्थिक वर्षको बजेटमा फलाम, स्टिल, सिमेन्ट, क्लिङ्कर, जुत्ता चप्पल, प्रशोधित पानीलगायत ३६ वटा वस्तुको निर्यात गर्ने उद्योगी व्यवसायीको खातामा १५ दिनभित्रै आठ प्रतिशत नगद अनुदान जम्मा गरिदिने व्यवस्था गरेको छ ।

यो वर्ष नेपालबाट सिमेन्ट र प्रशोधित पानीको निर्यातमा पनि नयाँ रेकर्ड बनेको छ । तर नाै अर्ब ८९ रुपैयाँको फलाम र स्टिलजन्य वस्तुको निर्यात भए पनि कच्चा पदार्थ भने सबै विदेशबाटै आयात हुन्छ । ११ महिनामा नेपालले एक खर्ब ५३ अर्ब ८५ करोड रुपैयाँको फलाम र स्टिल आयात गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

युरोपमा टेस्लाको ब्यापार ४९% घटयो, बिवाइडीको ३५ प्रतिशतले बृद्दी
युरोपमा टेस्लाको ब्यापार ४९% घटयो, बिवाइडीको ३५ प्रतिशतले बृद्दी

जेठ १५, २०८२

निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा
निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा

माघ १४, २०८१

बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन
बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन

माघ ०४, २०८१

वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु
वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु

माघ ०३, २०८१

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा