खेलकुद

एनपिएलमा आज लुम्बिनी बिरुद्द सुदूरपश्चिम र कर्णाली याक्स बिरुद्द विराटनगर किङ्ग्स बिच खेल हुने


erastriya शनिबार, मंसिर २२, २०८१

काठमाडौँ, २२ मङ्सिर : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । 

 एनपिएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ः१५ बजे सुरू हुनेछ । 

 जारी एनपिएलमा दुुवै टोलीको यो तेस्रो खेल हो । एनपिएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ । लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो । 

 सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ । सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो । 

 त्यस्तै, आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन् । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे सुरू हुनेछ । 

 जारी एनपिएलमा कर्णाली याक्सले तीन खेल खेलेको छ । जसमा दुईवटामा पराजित हुँदा एक खेल भने जितेको छ । जारी एनपिएलमा तीन खेल खेलेको विराटनगर किङ्गसले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एनपिएलले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको छ  : मुख्यमन्त्री सिंह
एनपिएलले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको छ : मुख्यमन्त्री सिंह

पुस ०७, २०८१

सुदूरपश्चिम द्वारा जनकपुर बोल्ट्स सामु  १ सय ८५ रनको लक्ष्य
सुदूरपश्चिम द्वारा जनकपुर बोल्ट्स सामु १ सय ८५ रनको लक्ष्य

पुस ०६, २०८१

जनकपुर बोल्ट  फाइनलमा  प्रवेश
जनकपुर बोल्ट फाइनलमा प्रवेश

पुस ०४, २०८१

यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै

पुस ०४, २०८१

ताजा अपडेट

  • अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

    अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

  • भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

    भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

  • पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

    पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

  • सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु

    सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु

  • दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

    दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

  • क्रिश्चियन समुदायले भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’

    क्रिश्चियन समुदायले भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’

  • ऐतिहासिक दस्ताबेज ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’

    ऐतिहासिक दस्ताबेज ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’

  • चन्द्रागिरिका मेयर गिरीसंग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता

    चन्द्रागिरिका मेयर गिरीसंग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता