अर्थ/बाणिज्य

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर


erastriya बिहीबार, मंसिर २०, २०८१

काठमाडौँ, २० मङ्सिर : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ रहेको छ ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ४३ र बिक्रीदर एक सय ७२ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ १० पैसा र बिक्रीदर नौ रुपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा तोकिएको छ ।

यस्तै, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ७४ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ८० पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ३९ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर तीन सय ५२ रुपैयाँ ९७ पैसा तोकेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सशस्त्र प्रहरीद्वारा पर्साबाट भन्सार छलीका कपडा बरामद
सशस्त्र प्रहरीद्वारा पर्साबाट भन्सार छलीका कपडा बरामद

मंसिर ३०, २०८१

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर

मंसिर २३, २०८१

‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’
‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

मंसिर २०, २०८१

रामेछापको सुन्तलाले बजार पाएन
रामेछापको सुन्तलाले बजार पाएन

मंसिर २०, २०८१

ताजा अपडेट

  • विपद् जोखिम न्यूनीकरणका प्रयास समुदाय स्तर सम्म पुर्‍याउनु पर्छ: गृहमन्त्री

    विपद् जोखिम न्यूनीकरणका प्रयास समुदाय स्तर सम्म पुर्‍याउनु पर्छ: गृहमन्त्री

  • जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

    जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

  • अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

    अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

  • भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

    भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

  • पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

    पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

  • सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु

    सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु

  • दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

    दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

  • क्रिश्चियन समुदायले भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’

    क्रिश्चियन समुदायले भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’