राजनीति

आरजु राणालाई रकम बुझाएको भनिएको अडियोको स्वर सन्देश शर्मासँग मिल्यो


erastriya आइतबार, असार २४, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवालाई रकम बुझाएको भन्नेसम्बन्धी अडियो परीक्षण गर्दा उक्त अडियो यही प्रकरणमा संलग्न दाङका सन्देश शर्माको आवाजसँग मिलेको पाइएको छ । शर्माले राणालाई पैसा बुझाएको भनेका थिए उक्त अडियो बाहिर आएपछि राणाले नक्कली अडियो भएको र यसबारे जाँच गर्न भन्दै प्रहरीमा गत वैशाख २७ गते उजुरी दिएकी थिइन् । उक्त उजुरीका आधारमा परीक्षण गर्दा अडियो शर्माको आवाजसँग मेल खाएको प्रहरीले जनाएको छ । प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आइतबार उजुरीमाथि भएको छानबिनको प्रगतिबारे जानकारी गराएका छन् ।मा. डा. आरजु राणा देउवाले सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक अडियोका सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीमा मिति २०८०।०१।०२ गते प्राप्त निवेदनका हकमा परीक्षण गर्दा 'स्पिकर्स आइडेन्टिफिकेसन ट्रेइट्स म्याच' भनी भनी उल्लेख भएको जुन स्वर (भ्वाइस ) जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुल्सीपुर उपमहानगर पालिका १६ दाङ घर भएका वर्ष ३४ को सन्देश शर्माको 'कन्ट्रोल स्याम्पल' सँग मेल खाएको', कडायतले दिएको जानकारीमा छ, 'कहाँ र कसबाट 'ओरिजिनेट' भएको भन्ने सम्बन्धमा 'टिकटक' सिंगापुरलाई पत्राचार भएकोमा थप विवरण प्राप्त हुन नसकेको। निज सन्देश शर्माको सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट ठगी तथा संगठित अपराध कसुर मुद्दा चली सम्मानित जिल्ला अदालतमा कारबाहीको क्रममा रहेकोले निज सन्देश शर्मासँग सम्बन्धित थप विवरण सम्मानित अदालतबाट उपलब्ध हुने व्यहोरा जानकारी गराइएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड
अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

१ दिन अघि

रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?
रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

असार १९, २०८२

रास्वपाको सचिवालयको बैठक बस्दै
रास्वपाको सचिवालयको बैठक बस्दै

असार १९, २०८२

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

असार १७, २०८२

ताजा अपडेट

  • सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

    सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट …

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…