कानुन

भारतीय नागरिक मीराकुमारी एमाले बाट उप–मेयर नेपाली नागरिकता लिएको आरोपमा पक्राउ


erastriya शनिबार, असार २३, २०८०

नेकपा (एमाले)बाट उप–मेयर बनेकी मीराकुमारी यादवले कीर्ते कागजात पेश गरी नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेकी छिन् ।

 

सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उप–मेयर मीराकुमारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ साढे ५ बजे प्रहरी कार्यालय पुगेकी मीराकुमारीलाई हिरासतमा राखिएको सप्तरीका प्रहरीले जानकारी दिएका छन् ।

उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार प्रहरीलाई नागरिकता कसूरमा उप–मेयर मीराकुमारीविरुद्ध अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।

उप–मेयर मीराकुमारी र उनका पति महेन्द्र यादव भारतीय नागरिक रहेको खुलेको छ । उनीहरूले नक्कली प्रमाण खडा गरी नेपाली नागरिकता लिएको भन्दै डाकनेश्वरी नगरपालिका वडा नं. ४ का कृष्णकुमार यादव उजुरी लिएर प्रहरीकामा पुगेका थिए ।

प्रहरीले उजुरी नलिएपछि कृष्णकुमार यादवले उच्च अदालतमा उजुरी दिएका थिए । रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रहरीलाई मुद्दा दर्ता गरी पक्राउ गर्न परमादेश जारी गरेको थियो ।

उप–मेयर मीराकुमारी यादवका पति महेन्द्र यादव भने फरार छन् । नागरिकता सम्बन्धी कसूरमा अनुसन्धान शुरु गरिएको एसपी कार्कीले बताएका छन् । उनको पतिको खोजविन भइरहेको छ ।

उप–मेयर मीराकुमारी यादव र उनका पति महेन्द्र यादव भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौलनिवासी रहेको दाबी उजुरीमा गरिएको छ ।

एमालेले मीराकुमारीलाई स्थानीय तहको निर्वाचनमा टिकट दिएको थियो । टिकट पाएपछि मीराकुमारी उप–मेयर पदमा निर्वाचित भएकी छिन् ।

कथित राष्ट्रवादीको नारा लगाउँदै आएको एमालेले भारतीय नागरिकलाई टिकट दिएर उप–मेयरमा जिताएको यो घटनाले छर्लङ्ग बनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर
फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

असार २६, २०८२

भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा
भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

असार २३, २०८२

सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त
सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

असार २३, २०८२

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै
संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै

असार १८, २०८२

ताजा अपडेट

  • आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

  • फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

    फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्…

  • पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

    पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकार…

  • अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

    अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

  • राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी

    राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देन…

  • एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्बजनिक

    एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्र…

  • डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

    डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे …

  • फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

    फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर