कानुन

भारतीय नागरिक मीराकुमारी एमाले बाट उप–मेयर नेपाली नागरिकता लिएको आरोपमा पक्राउ


erastriya शनिबार, असार २३, २०८०

नेकपा (एमाले)बाट उप–मेयर बनेकी मीराकुमारी यादवले कीर्ते कागजात पेश गरी नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेकी छिन् ।

 

सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उप–मेयर मीराकुमारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ साढे ५ बजे प्रहरी कार्यालय पुगेकी मीराकुमारीलाई हिरासतमा राखिएको सप्तरीका प्रहरीले जानकारी दिएका छन् ।

उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार प्रहरीलाई नागरिकता कसूरमा उप–मेयर मीराकुमारीविरुद्ध अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।

उप–मेयर मीराकुमारी र उनका पति महेन्द्र यादव भारतीय नागरिक रहेको खुलेको छ । उनीहरूले नक्कली प्रमाण खडा गरी नेपाली नागरिकता लिएको भन्दै डाकनेश्वरी नगरपालिका वडा नं. ४ का कृष्णकुमार यादव उजुरी लिएर प्रहरीकामा पुगेका थिए ।

प्रहरीले उजुरी नलिएपछि कृष्णकुमार यादवले उच्च अदालतमा उजुरी दिएका थिए । रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रहरीलाई मुद्दा दर्ता गरी पक्राउ गर्न परमादेश जारी गरेको थियो ।

उप–मेयर मीराकुमारी यादवका पति महेन्द्र यादव भने फरार छन् । नागरिकता सम्बन्धी कसूरमा अनुसन्धान शुरु गरिएको एसपी कार्कीले बताएका छन् । उनको पतिको खोजविन भइरहेको छ ।

उप–मेयर मीराकुमारी यादव र उनका पति महेन्द्र यादव भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौलनिवासी रहेको दाबी उजुरीमा गरिएको छ ।

एमालेले मीराकुमारीलाई स्थानीय तहको निर्वाचनमा टिकट दिएको थियो । टिकट पाएपछि मीराकुमारी उप–मेयर पदमा निर्वाचित भएकी छिन् ।

कथित राष्ट्रवादीको नारा लगाउँदै आएको एमालेले भारतीय नागरिकलाई टिकट दिएर उप–मेयरमा जिताएको यो घटनाले छर्लङ्ग बनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

९ घण्टा अघि

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न अदालतको आदेश
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न अदालतको आदेश

मंसिर १३, २०८१

रास्वपा सभापति रबि लामिछाने अझै १५ दिन हिरासतमा राख्ने
रास्वपा सभापति रबि लामिछाने अझै १५ दिन हिरासतमा राख्ने

मंसिर ०९, २०८१

अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन

मंसिर ०८, २०८१

ताजा अपडेट

  • माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेहो छ : नारायन काजी श्रेष्ठ

    माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेहो छ : नारायन काजी श्रेष्ठ

  • प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीबीच भेटवार्ता

    प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीबीच भेटवार्ता

  • विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियता बढाउँछः पर्यटनमन्त्री पाण्डे

    विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियता बढाउँछः पर्यटनमन्त्री पाण्डे

  • अफगानिस्तानले नेपाललाई  दियो एक सय २४ रनको लक्ष्य

    अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य

  • एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

    एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

  • बम विस्फोटमा ज्यान गुमाएकाहरुका परिवारलाई सहयोग

    बम विस्फोटमा ज्यान गुमाएकाहरुका परिवारलाई सहयोग

  • एनपिएलः सुदूरपश्चिम रोयल्स विजयी

    एनपिएलः सुदूरपश्चिम रोयल्स विजयी

  • अमेरिकी सहायक विदेशमन्त्री लु  यसैसाता औपचारिक भ्रमणमा आउँदै

    अमेरिकी सहायक विदेशमन्त्री लु यसैसाता औपचारिक भ्रमणमा आउँदै