अर्थ/बाणिज्य

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर


erastriya बुधबार, मंसिर १९, २०८१

काठमाडौँ, १९ मङ्सिर : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलरलगायतका विदेशी मुद्राको मूल्य घटेको छ ।

यस्तै, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्य वृद्धि भएको छ । जापानी येन, कतारी रियाल, स्वीस फ्रयाङ्कको भने मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २२ र बिक्रीदर एक सय ७१ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ५३ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ०२ पैसा र बिक्रीदर नौ रुपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७ रुपैयाँ २५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन रुपैयाँ ९४ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा, घटेको मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा तोकिएको छ । त्यस्तै, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७ रुपैयाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ८९ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ८४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ५८ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ १७ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ १८ पैसा र बिक्रीदर तीन सय ५२ रुपैयाँ ७४ पैसा तोकेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ
छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ

१० घण्टा अघि

भारत र चीनबाट पर्यटक भित्र्याउन ‘नाईस–२०२५’ गरिँदै
भारत र चीनबाट पर्यटक भित्र्याउन ‘नाईस–२०२५’ गरिँदै

मंसिर १६, २०८१

पर्यटकीय पूर्वाधार बनाउन जुट्यो ६४ लाख
पर्यटकीय पूर्वाधार बनाउन जुट्यो ६४ लाख

मंसिर १६, २०८१

बाँकेमा ‘कृषक प्राविधिक भेटघाट’ अभियान
बाँकेमा ‘कृषक प्राविधिक भेटघाट’ अभियान

मंसिर १६, २०८१

ताजा अपडेट

  • नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल यही मङ्सिर २६ गते भारत भ्रमणमा जाने

    नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल यही मङ्सिर २६ गते भारत भ्रमणमा जाने

  • रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते

    रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते

  • नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घट्यो

    नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घट्यो

  • रूसी विदेशमन्त्री लाभरोभको ट्रम्पका सहयोगी कार्लसनसँग अन्तर्वार्ता

    रूसी विदेशमन्त्री लाभरोभको ट्रम्पका सहयोगी कार्लसनसँग अन्तर्वार्ता

  • ‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा’ दिने प्रस्ताब

    ‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा’ दिने प्रस्ताब

  • कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन

    कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन

  • शौचालयमा लडेर युवकको मृत्यु

    शौचालयमा लडेर युवकको मृत्यु

  • महाभारतमा बृहत् स्वास्थ्य शिविर

    महाभारतमा बृहत् स्वास्थ्य शिविर