राजनीति

हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’


erastriya बुधबार, मंसिर १९, २०८१

 

बनियानी (झापा), १९ मङ्सिरः झापाको हात्ती प्रभावित क्षेत्रमध्ये एक बिर्तामोड नगरपालिका–७ मा ‘एक घर, एक बत्ती अभियान’ सुरु गरिएको छ । जङ्गली हात्ती प्रभावित यस वडामा स्थानीयलाई रातिको समयमा हिँड्डुल गर्न र हात्तीबाट बच्न सहज होस् भन्ने उद्देश्यले अभियान सुरु गरिएको वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिनुभयो ।

 

बिर्तामोड–७ मा रहेका २४ टोलमध्ये हात्तीबाट बढी प्रभावित बाह्रघरे, झोलुङ्गे, खालबाडी, सिमसार, पाथिभरा, श्रीजंघा, फक्तालुङलगायत टोलमा एक सय ५० भन्दा बढी उज्यालो दिने सडक बत्ती जडान गरिएको उहाँले बताउनुभयो । सडक बत्ती जडानका लागि प्रतिबत्ती रु एक हजार पाँच सयदेखि रु तीन हजारसम्म खर्च लाग्ने जनाइएको छ । स्थानीयको घरबाटै विद्युत् लिएर घरअगाडि बत्ती लगाइएको छ । त्यसको महसुल भने स्थानीयले तिर्नुपर्नेछ । जडान गरिएको बत्ती बिग्रिएमा वडाले नै मर्मत तथा फेरबदल गर्ने वडाध्यक्ष खरेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन
कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन

९ घण्टा अघि

शौचालयमा लडेर युवकको मृत्यु
शौचालयमा लडेर युवकको मृत्यु

९ घण्टा अघि

विशेषज्ञ अभावमा मुटुपरीक्षण उपकरण उपयोगविहीन
विशेषज्ञ अभावमा मुटुपरीक्षण उपकरण उपयोगविहीन

१० घण्टा अघि

प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद
प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद

१० घण्टा अघि

ताजा अपडेट

  • नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल यही मङ्सिर २६ गते भारत भ्रमणमा जाने

    नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल यही मङ्सिर २६ गते भारत भ्रमणमा जाने

  • रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते

    रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते

  • नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घट्यो

    नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घट्यो

  • रूसी विदेशमन्त्री लाभरोभको ट्रम्पका सहयोगी कार्लसनसँग अन्तर्वार्ता

    रूसी विदेशमन्त्री लाभरोभको ट्रम्पका सहयोगी कार्लसनसँग अन्तर्वार्ता

  • ‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा’ दिने प्रस्ताब

    ‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा’ दिने प्रस्ताब

  • कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन

    कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन

  • शौचालयमा लडेर युवकको मृत्यु

    शौचालयमा लडेर युवकको मृत्यु

  • महाभारतमा बृहत् स्वास्थ्य शिविर

    महाभारतमा बृहत् स्वास्थ्य शिविर