समाचार

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण


erastriya मंगलबार, मंसिर १८, २०८१

 

बेइजिङ (चीन), १८ मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदहरुको स्मारकमा पुष्पहार अर्पण गर्नुभएको हो ।

 

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार बेइजिङ आइपुग्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

यसअघि प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नुका साथै नौ बुँदे सहमतिमा हस्ताक्षर गर्नुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित
‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित

३ मिनेट अघि

‘सेवा प्रदायक संस्थाहरु अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त नभएको’
‘सेवा प्रदायक संस्थाहरु अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त नभएको’

८ मिनेट अघि

लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान सुरु
लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान सुरु

१२ मिनेट अघि

हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’
हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’

२० मिनेट अघि

ताजा अपडेट

  • ‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित

    ‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित

  • ‘सेवा प्रदायक संस्थाहरु अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त नभएको’

    ‘सेवा प्रदायक संस्थाहरु अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त नभएको’

  • लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान सुरु

    लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान सुरु

  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

  • हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’

    हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’

  • विवादका कारण गौरीगङ्गा साझेदारी वन कार्यान्वयनमा समस्या

    विवादका कारण गौरीगङ्गा साझेदारी वन कार्यान्वयनमा समस्या

  • अपाङ्गता स्याहार केन्द्रले बालबालिकामा ल्याएको खुसी

    अपाङ्गता स्याहार केन्द्रले बालबालिकामा ल्याएको खुसी

  • सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

    सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु