अन्तर्राष्ट्रिय

न्युजिल्यान्डका वैज्ञानिकद्वारा विश्वकै दुर्लभ मानिएको ह्वेल माछाकाे अनुसन्धानमा सुरु


erastriya सोमबार, मंसिर १७, २०८१

न्युजिल्यान्डका वैज्ञानिकहरूले सोमबारदेखि विश्वकै दुर्लभ मानिएको ह्वेलको विश्लेषण सुरु गरेका छन् ।

न्युजिल्यान्डको साउथ आइल्याण्डमा यसै वर्षको सुरुमा मृत भेटिएको कोदालीपाते दाँत भएको र चुच्चो मुख भएको समुद्रको गहिराइमा बस्ने स्तनपायी जनावर ह्वेलको अध्ययन गर्ने मौका मिलेको हो । 

पाँच मिटर ९१६।४ फिट० लामो उक्त ह्वेललाई जुलाईमा समुद्र किनारबाट निकालिएको थियो र त्यसपछि उसलाई विशेष ‘फ्रिजर’मा राखिएको थियो । 

ह्वेल विशेषज्ञ एन्टोन भ्यान हेल्डेनका अनुसार वैज्ञानिकहरूले पहिलो पटक कोदालीपाते दाँत भएको ह्वेलको नमूनाको विश्लेषण गर्ने अवसर मिलेको हो । 

“यो एक उल्लेखनीय र विश्वव्यापी रूपमा महत्त्वपूर्ण अवसर हो,” उहाँले भन्नुभयो । 

सप्ताहव्यापी विच्छेदनले ह्वेलको व्यवहार, यसको आहार र यसको आधारभूत शरीर रचनाको बारेमा अहिलेसम्म प्राप्त गर्न नसकिएका जानकारी लिन मद्दत गर्नेछ ।

भ्यान हेल्डेनले भन्नुभयो, “चुच्चे ह्वेल संसारमा पाइने ठूला स्तनधारीहरूको सबैभन्दा रहस्यमय ह्वेल प्रजाती हो ।

उहाँले भन्नुभयो, “तिनीहरू गहिरो स्थानमा रहने ‘गोताखोर’ हरू हुन् जसलाई समुद्रमा विरलै देखिन्छ र यी समुद्री जनावरहरूको अनुसन्धानको लागि कमै अवसरहरू मिल्ने गर्छ ।” 

“संसारको कुनै पनि ठाउँबाट ज्ञात सातौं नमूना मानिएको यो दुर्लभमध्ये सबैभन्दा दुर्लभ जन्तु हो र हामीले यसको चिरफार गरी अध्ययन गर्ने दुर्लभ अवसर पाएका छौँ।”

न्युजिल्याण्डको संरक्षण विभागले कोदालीपाते दाँत भएको ह्वेल ‘विश्वकै दुर्लभ ह्वेल’ भएको बताएको छ ।

सन् १८७४ मा न्युजिल्यान्डको पूर्वी तटमा रहेको चाथम टापुबाट सङ्कलन गरिएको तल्लो बङ्गारा र दुईवटा दाँतबाट यो प्रजातिको वर्णन गरिएको थियो।

उक्त नमूना र न्युजिल्यान्ड र चिलीमा भेटिएका अन्य दुई नमूनाका कंकालका अवशेषले वैज्ञानिकहरूलाई नयाँ प्रजाति पुष्टि गर्न आधार दिएको थियो । 

यति कम नमूनाहरू फेला परेका छन् र त्यहाँ कुनै जीवित दृश्यहरू छैनन्, कोदालो–दाँतेदार व्हेललाई न्यूजील्याण्ड थ्रेट वर्गीकरण प्रणाली अन्तर्गत तथ्याङ्क कम भएको जनावरको रूपमा वर्गीकृत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?
भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

३ घण्टा अघि

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश
अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

१९ घण्टा अघि

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

१ दिन अघि

अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय
अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

असार १८, २०८२

ताजा अपडेट

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…

  • एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु