अर्थ/बाणिज्य

कुमारी बैंकले ऋण तिर्न ताकेता गरेपछि दुर्गा प्रसाईं अदालतमा


erastriya बुधबार, असार २०, २०८०

कुमारी बैंकले ऋण तिर्न ताकेता गरेपछि व्यवसायी दुर्गा प्रसाईं अदालत पुगेका छन् । प्रसाईंले बिएण्ड सी मेडिकल कलेजको नाममा ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा लिएको ३० करोड गरी कुल १ अर्ब ऋण तिर्न बैंकले पत्र पठाएपछि उनी उक्त पत्रविरुद्ध अन्तरिम आदेश लिन अदालत पुगेका हुन् ।

बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गर्दै हिँडेका प्रसाईंलाई तत्काल ऋण नतिरे असुरी पक्रियामा जाने बैंकले पत्र पठाएपछि उनी आत्तिएर बैंकको उक्त पत्र कार्यान्वयन नगर्न/नगराउन माग गर्दै उच्च अदालत विराटनगर पुगेका हुन् ।

यसो त उच्च अदालत विराटनगरले असार ११ गते कुमारी बैंकका नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । तर, प्रसाईंले बैंकको पत्र नै कार्यान्वयन नगर्न/नगराउन भन्दै गरेको माग बमोजिमको अन्तरिम आदेश दिन भने अदालतले अस्विकार गरेको छ । अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा छलफलका लागि अदालतले दुवै (बैंक र प्रसाईं) पक्षलाई असार २० गते बोलाएको छ ।

बैंकले २०८० बैशाख १ गते दिएको पत्र ऋण तिर्न भन्दै प्रसाईंलाई गरेको ताकेताअनुसार प्रसाईंले ऋण नतिरे बैंक ऋण असुलीको प्रक्रियामा जान्छ । त्यसो हुँदा प्रसाईं कालोसूचीमा पर्ने सम्भावना प्रवल रहन्छ । सोही डरले प्रसाईं बैंकको उक्त पत्र कार्यान्वयन खारेजीको माग गर्दै अदालत पुगेका थिए । तर, अदालतले प्रसाईंको माग बमोजिमको आदेश दिन अस्विकार गरेको छ ।

यसो त प्रसाईंको कुमारी बैंक मात्र होइन नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक र गुडविल फाइनान्स लगायतका बैंक तथा वित्तीय संस्थामा ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ ऋण रहेको छ । प्रसाईंले गत पुसदेखि कुनै पनि बैंक तथा वित्तीय संस्थामा आफूले लिएको ऋणको साँवा–ब्याज तिरेका छैनन् । तर, हाल उनी बैंक तथा वित्तीय संस्थाविरुद्धको देशव्यापी आन्दोलनको नेतृत्व गर्दै हिँडेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ
कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

असार १८, २०८२

प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक
प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

असार १५, २०८२

हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं- प्रचण्ड
हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं- प्रचण्ड

असार १४, २०८२

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने
आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

जेठ १६, २०८२

ताजा अपडेट

  • फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

    फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

  • नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोबार

    नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोब…

  • पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र कुवेत

    पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

    साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिद…

  • रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

    रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्…

  • भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

    भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन