समाचार

भित्तो काटेर बनाइएको तुइनखोला पुल सञ्चालनमा


erastriya आइतबार, मंसिर १६, २०८१

 

चितवन, १६ मङ्सिरः नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने तुइनखोलाको पुल सञ्चालनमा आएको छ । दुई वर्ष हिउँदमा सडक रोकेर भित्तो काटेर पहाड भत्काएसँगै पुल निर्माण गरिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दरैका अनुसार शनिबारबाट यो पु्ल सञ्चालनमा आएको हो । योसँगै नाम्सी खोला पुल पनि सञ्चालनमा आएको दरैले जानकारी दिनुभयो । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएपछि विसं २०७९ र २०८० का हिउँदका तीन÷तीन महिना दिउँसोमा सडक रोकेर पुल बनाइएको हो ।

तत्कालीन समयमा आयोजनामा सूचना अधिकारी रहनुभएका इन्जिनियर कृष्ण आचार्यका अनुसार पुल निर्माणका लागि ६५ मिटर अग्लो पहाड दुई वर्ष लगाएर काटिएको हो । सो क्षेत्र सडक खण्डकै सबैभन्दा साँघुरो ठाउँ हो । हाल त्यहाँ पहाड भत्काएर सात दशमलव पाँच मिटर फराकिलो पुल बनाइएको छ । यो ६० मिटर लामो छ । आचार्यले भन्नुभयो, “एकापट्टी अग्लो पहाड र अर्कोपट्टी खोला छ, पहाड कडा चट्टान र काम गर्न निकै कठिन भयो ।” पहाड फोर्न कठिन भएपछि विस्फोट गराउने तयारीसमेत गरेर अन्तिम चरणमा रोकिएको थियो ।

विस्फोट गर्दा थप क्षति हुनसक्ने भएकाले अन्तिम प्रयास गर्ने सहमति अनुरुप गरिएको काम सफल भएको इन्जिनियर आचार्य बताउनुहुन्छ । सो सडकखण्ड विस्तारसँगै त्यहाँ रहेका पुल फराकिलो बनाइएको हो । सडक निर्माणकै क्रममा चार वटा पुल फराकिलो बनाइएको थियो । बाँकी १५ पुलमध्ये अब एउटा पुलमात्र निर्माण गर्न बाँकी छ । इन्जिनियर दरैका अनुसार खहरे खोलाको पुल बनाउन बाँकी छ । यो पुल मुआब्जाका कारण ढिलाइ भएको हो । पहुँच सडकको केही काम बाँकी रहेको भन्दै अबको दुई महिनामा यो पुल पनि सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो । विसं २०७६ चैत १० गते १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन् ।

सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुलसमेत सोहीअनुसार फराकिलो बनाइएको छ । पुल निर्माण अनक कन्स्ट्रक्सनले गरेको हो । रु एक अर्ब २७ करोडको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?
प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

१ मिनेट अघि

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

बैशाख ०४, २०८२

न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

बैशाख ०४, २०८२

खराब आचरण : पतनको मार्ग
खराब आचरण : पतनको मार्ग

चैत १८, २०८१

ताजा अपडेट

  • प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

    प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेट…

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …