समाचार

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन


erastriya आइतबार, मंसिर १६, २०८१

धनुषा, १६ मङ्सिरःजनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ ।

सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ । दोस्रो दिन भोलि सोबार फूलबारी लीला, तेस्रो दिन मङ्गलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव, पाँचौ दिन मङ्सिर २० गते मटकोर र मङ्सिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन मङ्सिर २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ ।

नगरदर्शनका क्रममा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालबालिकालाई जानकी मन्दिरको प्राङ्गणमा घुमाइने जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले बताउनुभयो । त्रेता युगमा भगवान् श्रीराम र जनकनन्दिनी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाउने प्रचलन छ । महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईधर्मावलम्बी पनि सामेल हुने गरेका छन् ।

सर्वपक्षीय बैठक सम्पन्न

निर्विघ्नपूर्वक महोत्सव सम्पन्न गर्न जानकी मन्दिरमा सर्वदपक्षीय बैठक सम्पन्न भएको छ । विवाहपञ्चमी महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न सम्बद्ध सबैलाई जुट्न मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवले आग्रह गर्नुभएको छ । हरेक वर्षझैँ यो वर्ष पनि विवाहपञ्चममीमा सहभागी हुन भारतको अयोध्याबाट प्रतीकात्मक रूपमा जन्ती आउने कार्यक्रम छ । मुख्यमन्त्री सतीश सिंहका साथै विश्व हिन्दू परिषद्का पदाधिकारीले अयोध्यास्थित श्रीराम मन्दिरका पुजारीलगायत श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका अगुवालाई हालै अयोध्याको भ्रमण गरी विवाहपञ्चमीमा सरिक हुन आमन्त्रण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा
अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

९ घण्टा अघि

मार्गशीर्ष कृष्ण त्रयोदशी: पशुपति क्षेत्रमा महादीपदान गर्नेको घुइँचो
मार्गशीर्ष कृष्ण त्रयोदशी: पशुपति क्षेत्रमा महादीपदान गर्नेको घुइँचो

मंसिर १४, २०८१

बुद्धका शिक्षाको प्रचारक र अनुयायी हुन प्रधानमन्त्री ओलीको आग्रह
बुद्धका शिक्षाको प्रचारक र अनुयायी हुन प्रधानमन्त्री ओलीको आग्रह

मंसिर १४, २०८१

पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन

मंसिर १४, २०८१

ताजा अपडेट

  • भोली साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना

    भोली साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना

  • घुससहित पक्राउ परेका प्रनानि बुढाथोकी विरुद्ध मुद्दा दायर

    घुससहित पक्राउ परेका प्रनानि बुढाथोकी विरुद्ध मुद्दा दायर

  • विपद् जोखिम न्यूनीकरणका प्रयास समुदाय स्तर सम्म पुर्‍याउनु पर्छ: गृहमन्त्री

    विपद् जोखिम न्यूनीकरणका प्रयास समुदाय स्तर सम्म पुर्‍याउनु पर्छ: गृहमन्त्री

  • जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

    जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

  • अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

    अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

  • भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

    भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

  • पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

    पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

  • सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु

    सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु