समाचार

बाँकेमा ‘कृषक प्राविधिक भेटघाट’ अभियान


erastriya आइतबार, मंसिर १६, २०८१

नेपालगञ्ज (बाँके), १६ मङ्सिर : कृषि ज्ञान केन्द्रले किसानको खेतबारीमा कृषि प्राविधिकसहितको टोली पठाएर ‘कृषक प्राविधिक भेटघाट’ अभियान सुरु गरेको छ ।

लुम्बिनी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रमअनुसार कृषि ज्ञान केन्द्रमार्फत सो भेटघाट सुरु भएको हो । हालसम्म जिल्लाका डुडुवा गाउँपालिका–२, नरैनापुर गाउँपालिका–२ र ६ का किसानका खेतबारीमा पुगेर उनीहरूसँग छलफल तथा अन्तक्र्रिया गरिएको ज्ञान केन्द्रका प्रमुख विनोद घिमिरेले जानकारी दिनुभयो ।

सो कार्यक्रमबाट किसान उत्साहित र खुसी देखिएको उल्लेख गर्दै यसलाई कृषि अनुसन्धानसँग पनि जोड्न सकिने बताउनुभयो । “प्राविधिक रूपमा किसानका साना–साना समस्या देखिएका छन्, ती समस्या समाधान गर्न यसले सघाउ पुर्याउँछ”, प्रमुख घिमिरेले भन्नुभयो ।

प्रदेशमा पहिलोपटक प्रदेश सरकारको स्वीकृति वार्षिक कार्यक्रमअनुसार जिल्लाका किसानको खेतबारी र घरघरमा पुगेर उहाँहरूसँग भेटघाट, छलफल तथा अन्तक्र्रिया गरेको यो पहिलोपटक हो । अघिल्ला वर्षहरूमा किसानसँग जाने गरिए पनि औपचारिक रूपले प्रदेश सरकारले घोषणा गरेको कार्यक्रम यो पहिलो भएको बताइएको छ । बाँकेमा तीन स्थानका किसानसँग पुगेर समस्याका बारेमा जानकारी लिइएको छ ।

“स्थलगत रूपमा फिल्डमा नै पुगेर किसानसँग भेटघाट तथा छलफल गर्ने, समस्या पहिचान गर्ने र कार्यालयले समाधान गर्न सक्ने समस्या समाधान गरिदिने र जटिल खालका समस्या देखिएमा सुझावसहित कृषि अनुसन्धान केन्द्रमा पठाउने गरेका छौँ”, वरिष्ठ वागवानी विकास अधिकृत सन्तोष पाठकले भन्नुभयो ।

किसानका घरखेतमा पुगेर किसानसँग दोहोरो संवाद र छलफल हुँदा किसान पनि प्रोत्साहित हुने र आवश्यक जानकारी प्राविधिकसँग लिनसक्ने तथा किसानका समस्या कार्यालयले प्रत्यक्षरुपमा देख्न र बुझ्न सक्ने हुँदा त्यहाँबाट प्राप्त हुने विषयलाई आगामी योजना बनाएर कार्यान्वयन गर्न सजिलो हुनेछ ।

हालसम्म डुडुवा–२ कोलहीका किसान, नरैनापुर–२ स्थित चुरे बहुउद्देश्यीय कृषि सहकारी संस्थाका किसान र वडा नं ६ स्थित सन्तानेश्वर कृषि समूहका किसानसँग छलफल गरी किसानका समस्याका बारेमा जानकारी लिइएको छ । यसलाई अन्य स्थानीय तहमा पनि विस्तार गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक
प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

असार १५, २०८२

हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं- प्रचण्ड
हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं- प्रचण्ड

असार १४, २०८२

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने
आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

जेठ १६, २०८२

उधोग मन्त्रीले भण्डारीले भने, ‘अब कालोपत्रे होइन, सडकलाई सेतो पत्रे गरौँ’
उधोग मन्त्रीले भण्डारीले भने, ‘अब कालोपत्रे होइन, सडकलाई सेतो पत्रे गरौँ’

जेठ ०७, २०८२

ताजा अपडेट

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…

  • गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

    गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव …

  • एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

    एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, ने…

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…

  • चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

    चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपम…