समाचार

एक हजार बालबालिकाको स्वास्थ्य परीक्षण


erastriya आइतबार, मंसिर १६, २०८१

मुग्लिन (चितवन), १६ मङ्सिर : चितवनमा सीमान्तकृत चेपाङ, मुसहर तथा विपन्न समुदायका एक हजार ३० बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।

सपना भिलेज सोसल इम्प्याक्टले इच्छाकामना गाउँपालिका, कालिका र रत्ननगर नगरपालिकाका एक हजार ३० बालबालिकाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेको हो । भरतपुर अस्पतालसँगको सहकार्यमा इम्प्याक्टले ६ दिने निःशुल्क बाल स्वास्थ्य शिविर आयोजना गरेको थियो । शिविरको पहिलो दिन कालिका–१० निबुवाटारमा दुई सय २५, दोसो दिन वडा नं ११ रन्तेशमा एक सय ७५, तेस्रो र चौथो दिन इच्छाकामना–१ भाराङमा तीन सय ६९, पाँचौँ दिन हात्तीवाङमा एक सय ९१ र छैटौँ दिन सौराहास्थित सपना स्कुलमा ७० बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिनुभयो ।

नेदरल्याण्डस्को ‘मेडिकल चेक्स फर चिल्ड्रेन’ संस्थाका १० विदेशी चिकित्सको टोलीले बालबालिकाको स्वास्थ्य परीक्षण गरेको हो । इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले सीमान्तकृत समुदायका बालबालिकाको स्वास्थ्य जोगाउन वार्षिक रूपमा बाल स्वास्थ्य शिविर गर्दै आएको बताउनुभयो । छ दिनसम्म सञ्चालन भएको शिविरमा शिशुदेखि १२ वर्षसम्मका बालबालिकाको उपचार गरिएको थियो ।

चेपाङ र मुसहर बालबालिकामा खाना अभावका कारण कुपोषण हुने, उमेरअनुसार तौल नहुने समस्या रहेको अध्यक्ष गिरीले बताउनुभयो । इम्प्याक्टले चेपाङ समुदायका बालबालिकालाई लक्षित गरी सर्वोत्तम पीठो पनि वितरण गरेको छ । सुरुमा निःशुल्क र त्यसपछि १० प्रतिशतमात्र शुल्क लिएर सर्वोत्तम पीठो वितरणलाई निरन्तता दिएको उहाँले जानकारी दिनुभयो ।

सर्वोत्तम पीठो वितरण गर्न थालेपछि चेपाङ बालबालिकामा कुपोषणको समस्या ९० प्रतिशत सामाधान भएको अध्यक्ष गिरीको भनाइ छ । इम्प्याक्टले सम्बन्धित पालिकाबाट अनुमति लिएर बाल स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सपनाले विगत १८ वर्षदेखि चेपाङ बस्तीमा बाल स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

बैशाख ०४, २०८२

न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

बैशाख ०४, २०८२

खराब आचरण : पतनको मार्ग
खराब आचरण : पतनको मार्ग

चैत १८, २०८१

संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस
संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

चैत १८, २०८१

ताजा अपडेट

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…