मनोरञ्जन

मन्दिरमा किन राखिन्छ कामुक यौन आसनका चित्रहरु ?


erastriya मंगलबार, असार १९, २०८०

काठमाडौंको हनुमान ढोका, पाटन, भक्तपरका विभिन्न ऐतिहासिक मन्दिरहरुमा यौ’नासनाका कलात्मक मुर्ति पाइन्छन् । धेरैलाई आश्चार्य र कौतुहलतामा राखेका यस्ता मुर्तिहरुको विषेशता भने भिन्दै भएको पाइन्छ ।

यौ’न मानव जीवनको अपरिहार्य र सृष्टिनिर्माणको मुलभुत आधार भएपनि हाम्रो समाजले यसलाई गोपनीयता मै राख्न रुचाउँछ । आधुनिक समाज खुल्न नसकेको यौ’नका कुरामा प्राचीन समयका मन्दिरहरुका भित्तामा कुदिँएको देख्न पाइन्छ ।

किम्बदन्तीका अनुसार मन्दिरमा यौ’नजन्य सङ्केत सहितका कला राख्दा चट्याङ पर्दैन र मन्दिरमा कुनै क्षति हुँदैन । कसैले यो बिषयलाई धर्मसँग जोडेर के पनि भनेका छन् भने प्राचिन समयमा बौद्धमार्गीहरुको संख्या बढी थियो । धर्मकै कारण अधिकांश मानिसहरुले बैबाहिक जीवन त्यागेर साधु जीवन बिताउन थाले ।

यस्तो क्रम बढेपछि त्यतिखेरका हिन्दु राजाहरुले उनीहरुलाई सांसारिक जीवनमा ल्याउनको लागि बिभिन्न उपायहरु रच्न थाले । त्यसो त धर्म त्यागेर बौद्धमार्गी बन्नेको संख्या बढेको र बैबाहिक जीवन र यौ’न जीवनलाई त्यति ख्याल नगर्नेहरु बढ्न थालेपछि जनसंख्या घट्न थालेपछि त्यतिखेर मन्दिरहरुमा त्यस्ता यौ’नक्रिडाका मुर्तिहरु बनाएर दैनिक मानिसहरुलाई यौ’न क्रिडामा सक्रिय बनाउनको लागि मन्दिरहरुमा अश्लिल मुर्ति बनाउन थालियो ।

यो बिषयलाई विश्लेषण गर्ने हो भने केहि कुरा तथ्य पनि लाग्न सक्छन् । किनभने धेरै मुर्तिहरु साधुजस्तो आकृतिमा कुँदिएको छ । कतिपय मुर्तिहरु भगवानकै आकृतिमा पनि कुँदिएको छ ।

त्यसको मतलव भगवानले पनि यौ’नक्रिडा गर्छन भन्ने संदेश दिन खोजिएको हुनसक्छ भने अर्को कुरा बुद्ध धर्म मान्नेले पनि यौ’नक्रिडा गर्छन भन्ने संदेश दिन कतिपय बुद्धको जस्तो आकृति देखिने मुर्तिमा यौ’नक्रिडाको मुर्ति कुँदिएको हुनसक्छ ।

कतिपयले बुद्धको आकृतिमा त्यस्ता मुर्ति कुँदिनु त्यतिखेरको धार्मिक विरोधी कार्य मानेका छन् । अधिकांश प्राचिन मन्दिरहरु बनाउने कार्य तात्कालिन राजाहरुले गरेका थिए । उनीहरुले दिएको जिम्मेवारीमै मन्दिर बन्थ्यो भने मन्दिरहरुमा मुर्ति पनि उनीहरुलेनै छाने बमोजिमको बनाउनुपर्ने हुँदा त्यतिखेर मुर्तिहरुमा राजाहरुले अश्लिलता कुँदेको कतिपयको आरोप छ ।

के पनि विश्वास छ भने मन्दिरमा पस्दा मानिसले नराम्रा विचार, भावना बाहिरै फालेर विशुद्ध धार्मिक भावना र कार्यका लागि मात्रै पस्नुपर्छ भन्ने सन्देश दिन मन्दिरको बाहिर नै कामुक कला कुँदिएका थिए । कतिपयले के पनि भनेका छन् भने मानिस बढी उपस्थित हुने स्थानहरुमा यसरी मुर्ति कुँदिनु त्यतिखेरको शैक्षिक कार्य हो ।

यसरी आसन आसनमा यौ’नक्रिडाको मुर्तिको कारण मानिसहरुले कसरी यौ’नक्रिडा गर्ने भन्नेबारे जानकार हुन्छन् । यही बिषयमा के पनि बिचार छ भने संसारका श्रीष्टिकर्ता ब्रम्हा समेतको मोक्षका लागि यौ’न आवश्यक परेको थियो । उनको पुनरजन्मको लागि यौ’नको भूमिका थियो त्यसैकारण यौ’नलाई मुर्तिको रुपमा चित्रण गर्न थालियो ।

यो बिषयले मुश्लिम आक्रमणलाई पनि जोडेर हेर्नेहरु छन् । प्राचिन कालमा हिन्दु धर्मावलम्बीहरुलाई मुश्लिम शासकहरुको डर थियो । मुस्लिमहरुले आक्रमण गर्नेक्रममा नग्न र कामुक बस्तुहरुको नजिक पर्दैनन् भन्ने त्यतिखेरको चेतना थियो त्यसैकारण उनीहरुबाट मन्दिरलाई जोगाउनकै लागि पनि यस्ता आकृति कुँदिएका थिए ।

कतिपयले यस बिषयलाई त्यतिखेरको राजाहरुको सम्पन्नता र मज्जाको जीवनशैलीका रुपमा पनि चित्रण गरेका छन् । अर्को बिषय के पनि छ भने कुमारीलाई जिउँदो देवीको रुपमा पुजा गर्ने चलन छ । कुमारी भन्ने बित्तिकै ‘भर्जिन’ हुनुपर्ने मान्यता छ ।

मन्दिरमा स्थापना गरिने ‘कुमारी’लाई कसैको आँखा नलागोस् र यौ’नक्रिडाको सिकार बन्न नपरोस् भन्ने मान्यता थियो । यसरी मन्दिरको बाहिरनै मुर्ति कुँदिएपछी कुमारीसँग सबैले लाज मान्ने र यौ’नको बिचार नजाग्ने हुँदा मन्दिरको बाहिर त्यस्ता नग्न मुर्ति कुँदिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने
फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

असार १०, २०८२

पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!
पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!

जेठ ३०, २०८२

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार
रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

जेठ २५, २०८२

'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल
'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल

जेठ २२, २०८२

ताजा अपडेट

  • निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

    निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना…

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…

  • गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

    गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव …

  • एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

    एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, ने…

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…