अर्थ/बाणिज्य

कसले बुज्ने नेपालीको पीडा चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’


erastriya शुक्रबार, मंसिर १४, २०८१

कैलाली, १४ मङ्सिरः यस वर्षका ठूला चाडपर्व सकिएका छन् । बडादसैँ, तिहार (दीपावली), छठलगायत पर्व सकिएसँगै चाडबाड मनाउनकै लागि घर फर्किएकाहरू पुनः आफ्नो कर्मथलो फर्किन थालेका छन् । हाल सुदूरपश्चिमेलीका नाकाहरू यसरी रोजगारीका लागि छिमेकी राष्ट्र भारत फर्किनेहरूको भीड देख्न सकिन्छ । 

कैलालीको त्रिनगर भन्सार नाकाबाट हिजोआज दिनहुँ दैनिक एक हजारभन्दा बढी नेपाली रोजगारको लागि मुग्लान (भारत) गइरहेको सीमानाकास्थित सशस्त्र प्रहरी सीमा सहायता कक्ष (हेल्प डेस्क) ले जनाएको छ । यहाँबाट एक सातामा नौ हजार एक सय ४९ जना नेपाली भारतका विभिन्न सहरमा रोजगारीका लागि बाहिरिएका तथ्याङ्क छ । 

लामो समयदेखि भारतको रत्नागिरीमा रोजगारी गर्दै आउनुभएका कैलालीको मोहन्याल गाउँपालिकाका प्रदीप सार्कीले केही समयअघि चाडपर्व मनाउनैका लागि आफू घर आए पनि पुनः रोजगारीका लागि जान लागेकोे बताउनुभयो । उहाँले आफूले रत्नागिरीमा स्याउ टिप्ने काम गर्दै आएको बताउनुभयो । “हाम्रो देशमा काम पाउनै गाह्रो छ, पाइहाले पनि यहाँको कमाइले परिवारको खर्च धान्न मुस्किल पर्छ । त्यसैले रोजगारीका मुग्लान जानुको विकल्प छैन । यस्तै चाडपर्वमा घरपरिवार भेट्न आए पनि फेरि उतै जानुपर्छ”, सार्कीले भन्नुभयो । 

सोही नाकाबाट बाहिरिरहेका डडेल्धुराका गङ्गा महराले पनि बडादसैँमा टीका थाप्नुका साथै पारिवारिक भेटघाटका लागि घर आएको र चाडवर्प सकिएसँगै फेरि रोजगारीका लागि भारतको सुरत फर्किन लागेको सुनाउनुभयो । यस्तै, अछामका सन्तोष परियारले पनि रोजगारीका लागि भारतको मुम्बई गइरहेको बताउनुभयो । यसरी छिमेकी मुलुक भारत जाने नेपालीहरू कोही छोटो समयका लागि त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्छन् ।

क्तिपयले खेतीपातीको काम सम्पन्न गरी अन्नबाली नभित्रिएसम्म भारतमा काम गर्न जाने र फसल प्राप्त हुने समयमा घर आउने गर्छन् । खेतीपाती नहुनेहरू भने लामो समयको अन्तरालपछि चाडबाड मनाउन घर आउने गरेका छन् ।  

सुदूरपश्चिमका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका मानिस रोजगारीका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायतका ठूला सहरमा जाने गर्छन् । बिनाभिसा र रोजगारी सहजै प्राप्त हुने भएकाले पनि धेरैजसो नेपाली रोजगारीका लागि भारत जाने गरेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

चिनियाँ कम्पनिले सिन्धुलीमा भैसीको मासु प्रशोधन उद्योग खोल्न २० अर्ब लगानी गर्दै,
चिनियाँ कम्पनिले सिन्धुलीमा भैसीको मासु प्रशोधन उद्योग खोल्न २० अर्ब लगानी गर्दै,

साउन १३, २०८२

कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ
कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

असार १८, २०८२

प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक
प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

असार १५, २०८२

हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं- प्रचण्ड
हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं- प्रचण्ड

असार १४, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा