खेलकुद

कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ


erastriya शुक्रबार, मंसिर १४, २०८१

काठमाडौँ, १४ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी टोली कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपले साथ दिएको छ । कर्णालीको स्वामित्व रहेको हिमालयन बिल्डर्स प्रालि र महिन्द्रा अग्नि गु्रपबीच आज यहाँ आयोजित कार्यक्रमा कर्णालीका तर्फबाट अनर झनकदत्त खनाल र महिन्द्राका तर्फबाट उपाध्यक्ष वेदा सताषा श्रेष्ठले टोलीलाई मुख्य प्रायोजन गर्ने विषयको सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

कर्णालीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी रहेका छन् । त्यसैगरी टोलीको मुख्य प्रशिक्षक राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल छन् । टोलीका विदेशी खेलाडीमा ओमानका पूर्वकप्तान जिशान मक्सुद, हङकङका बाबर हयात, वेस्ट इन्डिजका चाडविक वाल्टन तथा भारतका शिखर धवन रहेका छन् ।

वाल्टन, हायत र मक्सुद नेपाल आइसकेका छन् भने धवन आज साँझ नेपाल आइपुग्ने छन् । त्यसैगरी टोलीको अन्य खेलाडीमा गुलशन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिसविक्रमसिंह ठकुरी र दीपक डुम्रे छन् । कर्णालीले ट्यालेन्ट हन्टबाट विपीनप्रसाद शर्मालाई आइकोनिक खेलाडीका रूपमा छनोट गरिसकेको छ ।

युनिस हाल संयुक्त अरब इमिरेट्समा चलिरहेको यु–१९ टोलीमा एसिया कप खेलिरहेका छन् । यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्ससँगै काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेल यही मङ्सिर १५ गते विराटनगर किग्ंस र जनकपुर बोल्ट्सबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्डस माथि नेपालकाे सानदार विजयी
आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्डस माथि नेपालकाे सानदार विजयी

९ घण्टा अघि

नेदरल्याण्डबिरूद्द नेपाल ब्याटिङमा
नेदरल्याण्डबिरूद्द नेपाल ब्याटिङमा

२२ घण्टा अघि

पोर्चुगलले जित्यो दोस्रो नेसन्स लिगको उपाधी
पोर्चुगलले जित्यो दोस्रो नेसन्स लिगको उपाधी

जेठ २७, २०८२

क्रिकेटः नेपाल र स्कटल्याण्ड बिचमा प्रतिस्पर्धा हुदैँ
क्रिकेटः नेपाल र स्कटल्याण्ड बिचमा प्रतिस्पर्धा हुदैँ

जेठ २६, २०८२

ताजा अपडेट

  • इमरान खानकाे मुद्दामा आज सुनुवाई हुदैँ, आजै रिहा हुने समर्थककाे दावी

    इमरान खानकाे मुद्दामा आज सुनुवाई हुदैँ, आजै रिहा ह…

  • आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्डस माथि नेपालकाे सानदार विजयी

    आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड…

  • एमाले मधेश प्रदेशका उपनेता ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

    एमाले मधेश प्रदेशका उपनेता ठाकुरसहित १७ जनाविरुद्ध …

  • बुढानीलकण्ठको संकल्पः स्मार्ट सिटीको परिकल्पना देखी समावेशी सेवासम्म

    बुढानीलकण्ठको संकल्पः स्मार्ट सिटीको परिकल्पना देखी सम…

  • जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

    जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा…

  • नेदरल्याण्डबिरूद्द नेपाल ब्याटिङमा

    नेदरल्याण्डबिरूद्द नेपाल ब्याटिङमा

  • २०८२ जेष्ठ २७ गते मंगलवार: आजको राशिफल

    २०८२ जेष्ठ २७ गते मंगलवार: आजको राशिफल

  • भारतको छत्तीसगढमा माओवादीको विस्फोटमा परि प्रहरी एएसपीको मृत्यु

    भारतको छत्तीसगढमा माओवादीको विस्फोटमा परि प्रहरी एएस…