समाचार

साना किसान लाभान्वित हुने गरी बिमा कार्यक्रम कार्यान्वयन


erastriya बिहीबार, मंसिर १३, २०८१

काठमाडौँ, १३ मङ्सिरः सरकारले साना किसान लाभान्वित हुने गरी बाली तथा पशुधन बिमा कार्यक्रम लागु गरेको छ । उक्त कार्यक्रम अन्तर्गत बिमालेख रु ५० लाख जारी गरेका किसानलाई ८० प्रतिशत अनुदान, एक करोड सम्मका लागि रु ६५ करोड र एक करोडभन्दा माथिको बिमालाई ५० प्रतिशतमा वर्गीकरण गरी कार्यक्रम लागू गरिएको हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा धेरै किसानलाई बिमाको दायरामा ल्याउन र उनीहरुलाई अधिकतम सुविधा उपलब्ध गराउन बिमासम्बन्धी सरोकारवालासँग छलफलसहित विद्यमान कार्यविधि परिमार्जन गरी नयाँ कार्यक्रम लागू गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो । हालसम्म सबै प्रकारको बिमामा किसानलाई बिमा शुल्क (प्रिमियम) को ८० प्रतिशतसम्म अनुदान दिने व्यवस्था थियो । 

साना किसानले अधिकतम अनुदान प्राप्त गर्ने गरी ल्याइएको कार्यक्रममा ठूला लगानीका किसानले कम अनुदान पाउने व्यवस्था गरिएको छ । बाली तथा पशुधन बिमाको प्रिमियम अनुदान उपलब्ध गराउने कार्यविधि २०८१ मा कृषि मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिले प्रत्येक वर्ष बाली तथा पशुधन बिमा कार्यान्वयन गर्ने जनाइएको छ ।

सूचना अधिकारी जोशीका अनुसार गत कात्तिकदेखि कार्यान्वयनमा ल्याइएको उक्त कार्यक्रममा यस क्षेत्रमा बिमा गर्ने कम्पनीले जारी गरेको सम्बन्धित बिमालेख, त्यसको दायित्वलगायत आवश्यक सूचनाको विवरण प्रत्येक तीन महिनामा बिमा प्राधिकरणमा पठाउनुपर्ने व्यवस्था गरिएको छ । सो विवरण प्राधिकरणले १५ दिनभित्र मन्त्रालयमा बुझाउनुपर्ने छ । 

विसं २०६९ माघ १ गते देखि सुरु गरिएको बिमा कार्यक्रम व्यवस्थित गर्न विसं २०७० मा अनुदान निर्देशिकामार्फत ७५ प्रतिशत अनुदानको व्यवस्था गरिएको थियो । आर्थिक वर्ष २०७९÷८० को बजेटबाट ८० प्रतिशत अनुदान दिइएको थियो । सबैलाई समान रुपले अनुदान उपलब्ध गराउँदा ठूला लगानीका कृषि फार्म तथा किसानले अनुदानको धेरै रकम प्राप्त गरेकाले न्यायोचित वितरण गर्न नयाँ कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न
अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

असोज ०३, २०८२

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…