स्वास्थ्य

नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने


erastriya बुधबार, मंसिर १२, २०८१

काठमाडौँ, १२ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साझेदारी प्रवर्द्धन, ज्ञान आदानप्रदान र स्वास्थ्य क्षेत्रमा भएका चुनौती सामना गर्न विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने हेतुले आगामी पुस ११ र १२ गते काठमाडौँमा नेपाल स्वास्थ्य सम्मेलन आयोजना गर्ने भएको छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अतिरिक्त सचिव डा टङ्क बारकोटीले स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन गर्ने सम्मेलनको उद्देश्य रहेको जानकारी दिनुभयो ।

सम्मेलनमा विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी चुनौतीको समाधान खोज्न र संवाद गर्ने मन्त्रालयले जनाएको छ । प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालासँग आपसी सिकाइ र दीर्घकालीन रणनीति निर्माणमा सम्मेलन कोशेढुङ्गा सावित हुने मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा भीमप्रसाद सापकोटा बताउनुभयो ।

डिजिटल उपकरण र प्रविधिको प्रयोगले स्वास्थ्य सेवामा ल्याउनसक्ने सुधार र प्रभावबारे पहिचान तथा प्रवासी समुदायसँगको साझेदारी सुदृढ गर्न नीतिगत ढाँचाहरूबारे सम्मेलनमा छलफल गरिने जनाइएको छ ।

मन्त्रालयले अनुसन्धान, शिक्षा र स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन अघि बढाउन अनुसन्धान र शैक्षिक पहललाई प्रोत्साहन गर्ने तथा सबै स्वास्थ्यकर्मी, अनुसन्धनाकर्ता संस्थाहरू र विश्वका ९० भन्दाबढी मुलुकमा रहेका स्वास्थ्यसम्बन्धी विषयमा क्रियाशील प्रवासी नेपालीको सहभागिता रहने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

जुम्लामा सञ्चालित शिविरबाट छ सय १६ जनाले लिए सेवा
जुम्लामा सञ्चालित शिविरबाट छ सय १६ जनाले लिए सेवा

४ घण्टा अघि

गोरखाको बगुवामा आँखा केन्द्र स्थापना
गोरखाको बगुवामा आँखा केन्द्र स्थापना

१ दिन अघि

भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन: डा अरुणा उप्रेती
भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन: डा अरुणा उप्रेती

१ दिन अघि

राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै

मंसिर १०, २०८१

ताजा अपडेट

  • युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ : देउवा

    युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ : देउवा

  • आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ: सत्तापक्ष

    आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ: सत्तापक्ष

  • दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा

    दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा

  • मर्मत गरिँदै खानेपानीका पाइपलाइन

    मर्मत गरिँदै खानेपानीका पाइपलाइन

  • परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै

    परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै

  • नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने

    नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने

  • एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी

    एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी

  • जुम्लामा सञ्चालित शिविरबाट छ सय १६ जनाले लिए सेवा

    जुम्लामा सञ्चालित शिविरबाट छ सय १६ जनाले लिए सेवा