स्वास्थ्य

जुम्लामा सञ्चालित शिविरबाट छ सय १६ जनाले लिए सेवा


erastriya बुधबार, मंसिर १२, २०८१

जुम्ला, १२ मङ्सिरः जिल्लाको तिला गाउँपालिका र हिमा गाउँपालिकामा सञ्चालित दुईदिने निःशुल्क अपाङ्गतासम्बन्धी स्वास्थ्य शिविरबाट छ सय १६ जनाले सेवा लिएका छन् । हिमा र तिला गाउँपालिकाको सहकार्य तथा आइएनएफ नेपालअन्तर्गत समावेशी स्वास्थ्य सेवा परियोजनाको आयोजनामा हिमामा मङ्गलबार सुरु भएको निःशुल्क स्वास्थ्य शिविरमा कानको सुनाइसम्बन्धी समस्या भएका, अपाङ्गता कार्डका लागि चिकित्सकद्वारा सिफारिस, आँखा, कान, घाँटी र हाडजोर्नीसम्बन्धी समस्या भएका तीन सय छ जनाले सेवा लिएका हिमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर रावतले जानकारी दिनुभयो । कान, नाक, घाँटी र आँखाका एक सय २७ बिरामीले सेवा लिएका छन् ।

त्यस्तै हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामी ७९, जनरल फिजिसियन एक सय, अपाङ्गता सिफारिस १० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि सात जना बिरामीलाई पठाइएको उहाँले बताउनुभयो । शिविरबाट पाँचजना बिरामीलाई सहायता सामग्री प्रदान गरिएको रावतले उललेख गर्नुभयो । उहाँका अनुसार विशेषगरी अपाङ्गतासम्बन्धी दुई दिन स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको हो ।

सोमबार तिला गाउँपालिकाको रारालिही स्वास्थ्य चौकीमा भएको शिविरबाट तीन सय १० बिरामी लाभान्वित भएका चौकीका जनस्वास्थ्य निरीक्षक कमल रावतले जानकारी दिनुभयो । कान, नाक, घाँटीसम्बन्धी बिरामी ४६, आँखा एक सय पाँच, हाडजोर्नीसम्बन्धी ६४ र चिकित्सक परामर्श ९५ जनाले सेवा लिएका हुन् । कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ चिकित्सक तूफानसिंह कठायतको समूहले दुईवटा शिविरमार्फत बिरामीको जाँच गरेको हो । अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुका साथै अपाङ्गता कार्डका लागि चिकित्सकद्वारा सिफारिस सेवासमेत दिइएको आइएनएफ जुम्ला शाखाका परियोजना अधिकृत राम बुढामगरले बताउनुभयो ।

गाउँघरमा दक्ष चिकित्सकबाट विभिन्न रोगको उपचार पाउँदा स्थानीय उत्साहित भएका हिमा–५ का स्थानीय रतन रोकायाले बताउनुभयो । गाउँबस्तीमा पुगेर आइएनएफ नेपालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेपछि यहाँका स्थानीयलाई सहज भएको हिमा गाउँपालिका उपाध्यक्ष सुर्पना शाहीले उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने

२ घण्टा अघि

गोरखाको बगुवामा आँखा केन्द्र स्थापना
गोरखाको बगुवामा आँखा केन्द्र स्थापना

१ दिन अघि

भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन: डा अरुणा उप्रेती
भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन: डा अरुणा उप्रेती

१ दिन अघि

राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै

मंसिर १०, २०८१

ताजा अपडेट

  • आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ: सत्तापक्ष

    आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ: सत्तापक्ष

  • दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा

    दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा

  • मर्मत गरिँदै खानेपानीका पाइपलाइन

    मर्मत गरिँदै खानेपानीका पाइपलाइन

  • परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै

    परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै

  • नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने

    नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने

  • एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी

    एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी

  • जुम्लामा सञ्चालित शिविरबाट छ सय १६ जनाले लिए सेवा

    जुम्लामा सञ्चालित शिविरबाट छ सय १६ जनाले लिए सेवा

  • ‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित

    ‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित