समाचार

‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित


erastriya बुधबार, मंसिर १२, २०८१

 

काठमाडौँ, १२ मङ्सिरः यसवर्षको ‘सिविन – नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित भएको छ । बालअधिकार संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा नगरपालिकाले अतुलनीय काम गरेको जनाउँदै सिविन नेपालले आज यहाँ आयोजित कार्यक्रममा सो सम्मान अर्पण गरेको हो ।

नगरपालिकाले जोखिममा रहेका बालबालिकाको आपत्कालीन सहयोगका लागि ‘बालकोष’ स्थापना गरेर सेवा प्रदान गरिराखेको छ । साथै नगरपालिकाले आफ्ना १५ वडा मध्ये विभिन्न आठ वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिसकेको जनाइएको छ । चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले सो सम्मान ग्रहण गर्दै आगामी दिनमा बालअधिकार संरक्षण तथा प्रवर्धन लागि थप आवश्यक नीति तथा कार्यान्वयन गरिने जानकारी दिनुभयो ।

चन्द्रागिरि नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालका अनुसार नगरपालिकाले आफ्नो सेवालाई बालमैत्री बनाउने नीति अबलम्बन गरेको छ । सम्मानपत्रमा बालअधिकार संरक्षण तथा प्रवर्धनमा चन्द्रागिरि नगरपालिकाको प्रतिवद्धता र काम अन्य स्थानीय सरकारका लागि पनि अनुकरणीय रहेको भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीले किसान खुसी
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीले किसान खुसी

४ घण्टा अघि

सुनको मूल्य प्रतितोला नौ सय बढ्यो
सुनको मूल्य प्रतितोला नौ सय बढ्यो

८ घण्टा अघि

रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

९ घण्टा अघि

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

१ दिन अघि

ताजा अपडेट

  • आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ: सत्तापक्ष

    आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ: सत्तापक्ष

  • दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा

    दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा

  • मर्मत गरिँदै खानेपानीका पाइपलाइन

    मर्मत गरिँदै खानेपानीका पाइपलाइन

  • परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै

    परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै

  • नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने

    नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने

  • एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी

    एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी

  • जुम्लामा सञ्चालित शिविरबाट छ सय १६ जनाले लिए सेवा

    जुम्लामा सञ्चालित शिविरबाट छ सय १६ जनाले लिए सेवा

  • ‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित

    ‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित