विकास

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै


erastriya बुधबार, मंसिर १२, २०८१

गलकोट (बागलुङ) १२ मङ्सिरः राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर कालोपत्र प्रायः पूरा भएको छ । हालसम्म १० किलोमिटर ‘पिच’ भएको छ । अछेते बजारदेखि बिहुँ–बयलडाँडा खण्डमा ग्राभेलको काम जारी छ । 

“दश किलोमिटरमा सिङ्गल कोट कालोपत्र भयो बाँकी आगामी पुस मसान्तसम्ममा पूरा गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ”, निर्माण व्यवसायी राजु गौतमले भन्नुभयो । लोकमार्गअन्तर्गत बागलुङ खण्डमा एक सय ४२ किलोमिटर पर्छ । सदरमुकाम बागलुङ बजार बाहेक अन्य स्थानमा चार वर्ष अघिनै कालोपत्र भएको हो । 

यसैगरी, बिहँुदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर खण्डको काम नयाँ निर्माण व्यवसायीलाई दिइएको छ । हालसम्म उक्त खण्डमा ७७ प्रतिशत वित्तीय र ८० प्रतिशत भौतिक प्रगति भएको पर्वतस्थित मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशन
सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशन

२२ घण्टा अघि

सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति

२२ घण्टा अघि

बाढी बाट क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा  एडिबीलेसहयोग  गर्ने
बाढी बाट क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीलेसहयोग गर्ने

१ दिन अघि

मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो

१ दिन अघि

ताजा अपडेट

  • रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

    रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

  • मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै

    मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै

  • कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र

    कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र

  • ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

  • उपनिर्वाचनः हुम्ला निर्वाचन कार्यालयले खटायो ७३ कर्मचारी

    उपनिर्वाचनः हुम्ला निर्वाचन कार्यालयले खटायो ७३ कर्मचारी

  • बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री

    बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री

  • बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री

    बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री

  • गोरखाको बगुवामा आँखा केन्द्र स्थापना

    गोरखाको बगुवामा आँखा केन्द्र स्थापना