समाचार

उपनिर्वाचनः हुम्ला निर्वाचन कार्यालयले खटायो ७३ कर्मचारी


erastriya मंगलबार, मंसिर ११, २०८१

 

सिमकोट, ११ मङ्सिरः यही मङ्सिर १६ गते सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने कर्मचारी छनोट भएको छ ।

उपनिर्वाचनका लागि कर्मचारी खटाउन निर्वाचन उपसमितिले सिफारिस गरेका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सदर गरेको हो । मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले उपनिर्वाचनका लागि ७३ जना कर्मचारी खटाइएका बताउनुभयो । उहाँले उक्त निर्वाचनका लागि बाह्रवटा मतदान स्थलमा १३ वटा मतदान केन्द्र रहने बताउनुभयो ।

यसका लागि १३ जना मतदान अधिकृत, १३ जना सहायक मतदान अधिकृत, प्रत्येक मतदान केन्द्रका दुई जना सहायक कर्मचारी र एक–एक जना कार्यालय सहयोगी खटिने जानकारी दिनुभयो । भोलि मङ्सिर १२ गते कर्मचारीलाई मतदान सामग्रीसहित १३ वटै मतदान केन्द्रतर्फ परिचालन गर्ने कार्यक्रम छ । ती कर्मचारी सोमबारदेखि आन्तरिक प्रशिक्षणमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

२१ मिनेट अघि

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

१८ घण्टा अघि

आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस
आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस

१ दिन अघि

सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल
सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल

१ दिन अघि

ताजा अपडेट

  • रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

    रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

  • मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै

    मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै

  • कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र

    कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र

  • ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

  • उपनिर्वाचनः हुम्ला निर्वाचन कार्यालयले खटायो ७३ कर्मचारी

    उपनिर्वाचनः हुम्ला निर्वाचन कार्यालयले खटायो ७३ कर्मचारी

  • बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री

    बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री

  • बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री

    बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री

  • गोरखाको बगुवामा आँखा केन्द्र स्थापना

    गोरखाको बगुवामा आँखा केन्द्र स्थापना