स्वास्थ्य

गोरखाको बगुवामा आँखा केन्द्र स्थापना


erastriya मंगलबार, मंसिर ११, २०८१

गोरखा, ११ मङ्सिरः यहाँको भीमसेन थापा गाउँपालिकास्थित बगुवामा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना गरिएको छ । गाउँपालिका भित्रका नागरिकलाई आँखाको उपचारका लागि अन्यत्र धाउन नपरोस् भन्ने उद्देश्यले सोमबारदेखि गाउँपालिका–५ स्थित बगुवा स्वास्थ्य चौकीको भवनबाट आँखा उपचार केन्द्र सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।

गाउँपालिकाले लायन्स आँखा सेवा केन्द्रको सहकार्यमा आँखा उपचार केन्द्रको शुभारम्भ गरेको हो । “सेवा केन्द्र सञ्चालनमा आएसँगै अब पालिकावासीहरु आँखाको उपचारका लागि अन्त जानु पर्दैन,” अध्यक्ष बन्जराले भन्नुभयो, ‘‘आँखाको उपचार सहज रुपमा उपलब्ध गराउने नीति अनुरूप गाउँपालिकाले चालु आर्थिक बर्षदेखि सेवा केन्द्र सञ्चालनका लागि बजेट विनियोजनसमेत गरेको छ ।”

सेवा केन्द्रमा तत्काल एकजना नेत्र सहायक नियुक्त गरी सेवा सुरु गरिएको छ । केन्द्र सञ्चालनका लागि आवश्यक सामग्री तथा उपकरण लायन्स आँखा सेवा केन्द्र गोरखाले उपलब्ध गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन: डा अरुणा उप्रेती
भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन: डा अरुणा उप्रेती

२२ घण्टा अघि

राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै

१ दिन अघि

सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव

मंसिर ०९, २०८१

चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित
चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित

मंसिर ०९, २०८१

ताजा अपडेट

  • रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

    रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

  • मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै

    मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै

  • कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र

    कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र

  • ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

  • उपनिर्वाचनः हुम्ला निर्वाचन कार्यालयले खटायो ७३ कर्मचारी

    उपनिर्वाचनः हुम्ला निर्वाचन कार्यालयले खटायो ७३ कर्मचारी

  • बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री

    बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री

  • बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री

    बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री

  • गोरखाको बगुवामा आँखा केन्द्र स्थापना

    गोरखाको बगुवामा आँखा केन्द्र स्थापना