विकास

सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशन


erastriya मंगलबार, मंसिर ११, २०८१

 

नेपालगञ्ज, ११ मङ्सिरः राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासँग सम्बन्धित समस्या स्थानीय तहमा नै समाधान गर्न आग्रह गरिएको छ । नीतिगत समस्याका कारण दुई दशक बितिसक्दा पनि आयोजना पूरा नभएकामा चिन्ता व्यक्त गर्दै स्थानीयले द्रुत गतिमा आयोजनाको काम हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका प्रतिनिधिहरुसँगको छलफलमा स्थानीय र सरोकारवालाहरुले कानुनको परिधिभित्र रहेर आयोजनाका उल्झन टुङ्ग्याउनुपर्ने समितिका सदस्य ठाकुर गैरेले बताउनुभयो । उहाँले स्थानीय तहबाट हुने काम स्थानीय रुपमा नै सम्पादन गर्न सुझाउनुभयो । बाँकेका जनताको हितका लागि सो परियोजना आएको उल्लेख गर्दै सदस्य गैरेले नहर क्षेत्रमा भएको अतिक्रमणलाई स्थानीय तहसँग समन्वय गरेर हल गर्नुपर्ने बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकार प्रतिबद्ध रहेकाले समितिले प्रस्तुत गर्ने अध्ययन प्रतिवेदनलाई सकारात्मक रुपमा ग्रहण गर्दै आयोजना निर्माणमा सघाउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय जल उपभोक्ता महासङ्घका अध्यक्ष शालिकराम डाँगीले सिक्टा सिँचाइ आयोजनाले पूर्णता पाउन अझै ४० वर्ष लाग्ने आशङ्का व्यक्त गर्नुभयो ।

उहाँले गौरवको आयोजना भनिए पनि बाँकेका किसानको भावनाको कदर नभएको गुनासो गर्नुभयो । स्थानीय भीम ओलीले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’मा नै त्रुटि रहेको आरोप लगाउँदै त्यसलाई संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । दश वर्षभित्रै ३४ हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाइ पु¥याउने योजनाका साथ थालिएको सिक्टा थप नौ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने योजना बनिसक्दा कार्य प्रगति भने आशाजनक छैन । आयोजनास्थलको निरीक्षणमा प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, दीपा शर्मा, प्रदेशसभा सदस्य बादशाह कुर्मी, भण्डारीलाल यादव, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलगायत जनप्रतिनिधि सहभागी हुनुहुन्थ्यो । सिक्टा सिँचाइ आयोजना प्रमुख राजु आचार्य र प्राविधिक सम्मिलित टोलीले आयोजनाका काम तीव्र गतिमा अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै

५ घण्टा अघि

सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति

१ दिन अघि

बाढी बाट क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा  एडिबीलेसहयोग  गर्ने
बाढी बाट क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीलेसहयोग गर्ने

१ दिन अघि

मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो

१ दिन अघि

ताजा अपडेट

  • सुनको मूल्य प्रतितोला नौ सय बढ्यो

    सुनको मूल्य प्रतितोला नौ सय बढ्यो

  • महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो

    महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो

  • रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

    रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

  • मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै

    मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै

  • कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र

    कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र

  • ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

  • उपनिर्वाचनः हुम्ला निर्वाचन कार्यालयले खटायो ७३ कर्मचारी

    उपनिर्वाचनः हुम्ला निर्वाचन कार्यालयले खटायो ७३ कर्मचारी

  • बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री

    बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री