राजनीति

पूर्वमाओवादी शक्तिहरूबीच एकताका लागि पहल हुँदै छ : प्रचण्ड


erastriya शनिबार, असार १६, २०८०

 प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी शक्तिहरूबीच पार्टी एकताका लागि ठोस पहल भइरहेको बताएका छन् ।  शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले भने, 'माओवादी कमजोर हुँदा सिङ्गो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरुरी छ।'

'हामीभित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन। यस पटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ' प्रधानमन्त्रीले भने, 'त्यसका लागि नयाँ ढङ्गले सोच्दै छौँ। हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ। जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ।'

छलफलको क्रममा प्रचण्डले सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेकोले त्यसलाई सफा नगरी देश नबन्ने ठोकुवा गरे । सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा सरकार दृढ रहेको उनको भनाइ थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

संघीय संसदका चारवटा समितिको बैठक बस्दैँ
संघीय संसदका चारवटा समितिको बैठक बस्दैँ

१ दिन अघि

राजावादी आन्दोलन आज पनि, प्रसाइ समुहकाे अलग्गै प्रदर्शन हुने
राजावादी आन्दोलन आज पनि, प्रसाइ समुहकाे अलग्गै प्रदर्शन हुने

१ दिन अघि

कांग्रेसद्वारा उच्च शिक्षाका आयाम विषयक विमर्ष : नेपाललाई शिक्षाको हब बनाउनु पर्नेमा जोड
कांग्रेसद्वारा उच्च शिक्षाका आयाम विषयक विमर्ष : नेपाललाई शिक्षाको हब बनाउनु पर्नेमा जोड

जेठ १४, २०८२

पाँचथर पुगेर डा. कोइरालाले भने : कार्यकर्ताले नेताको झोला मात्र बोक्ने हैन
पाँचथर पुगेर डा. कोइरालाले भने : कार्यकर्ताले नेताको झोला मात्र बोक्ने हैन

जेठ १४, २०८२

ताजा अपडेट

  • नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

    नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

  • कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

    कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

  • आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

    आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

  • राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फुटबल स्टार कोहुन

    राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फु…

  • कपालको विकासका लागि उपयुक्त बदामको तेल

    कपालको विकासका लागि उपयुक्त बदामको तेल

  • सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

    सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट…

  • करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

    करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा…

  • सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भावी आईजीपी बन्ने बाटो खुल्यो

    सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भा…