समाचार

एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली


erastriya सोमबार, मंसिर १०, २०८१

 

काठमाडौँ, १० मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो ।

 

आज ऐतिहासिक धरहरा परिसरबाट एनपिएलको ट्रफी अनावरण गर्नुहुँदै उहाँले लिगका लागि सरकारले सक्दो सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाउनुभयो ।

 

प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासका लागि सरकार सधैँ खेलाडीको साथमा रहेको बताउनुभयो । उहाँले एनपिएलले नेपाली क्रिकेटमा नयाँ आयाम थप्ने अपेक्षा व्यक्त गर्नुभयो । “क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो । यस लिगको माध्यमबाट नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस्”,प्रधानमन्त्री ओलीले भन्नुभयो,“सरकार यहाँहरूकै साथमा छ । व्यक्तिगत रूपमा म सरकारमा हुँदा वा नहुँदा जहिल्यै पनि मेरो रुचि र अपनत्व रहनेछ । सहभागी खेलाडी सबैलाई जितको शुुभकामना दिन चाहन्छु ।”

 

उहाँले यस खेलमार्फत युवा प्रतिभाको उजागर र नेपालीले अवसर पाएमा केही गर्छ भन्ने मान्यतालाई स्थापित होस् भन्ने कामनासमेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस
आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस

२ घण्टा अघि

सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल
सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल

२ घण्टा अघि

बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित

५ घण्टा अघि

एक युवाले मध्यरातमा महिलाको शव काठमाडौँकाे सडक छेउमा फालेर हिडेपछि
एक युवाले मध्यरातमा महिलाको शव काठमाडौँकाे सडक छेउमा फालेर हिडेपछि

१६ घण्टा अघि

ताजा अपडेट

  • चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

    चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

  • आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस

    आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस

  • सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल

    सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल

  • राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै

    राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै

  • सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल

    सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल

  • एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली

    एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली

  • कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव

    कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव

  • बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित

    बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित