समाचार

चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या घटे


erastriya आइतबार, मंसिर ०९, २०८१

चितवन, ९ मङ्सिरः चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्म ७७ हजार तीन सय ५९ पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको सोही अवधिमा ५६ हजार छ सय ७५ जनाले निकुञ्ज तथा सामुदायिक वनको अवलोकन तथा भ्रमण गरेका छन् ।

 निकुञ्ज र आसपासका सामुदायिक वनमा चालु आवको चार महिनामा ५६ हजार छ सय ७५ जनाले अवलोकन गरेका बताउँदै निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले गत कात्तिकमा मात्रै २८ हजार दुई सय ११ पर्यटकले भ्रमण गरेका जानकारी दिनुभयो । उहाँका अनुसार साउनदेखि असोजसम्म २८ हजार चार सय ६४ जनाले निकुञ्ज तथा सामुदायिक वनको अवलोकन तथा भ्रमण गरेका छन् । 

 गत वर्षको चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा २० हजार छ सय ८४ जना पर्यटक कम भएका निकुञ्जका सूचना अधिकारी मगरले जानकारी दिनुभयो । पछिसम्म झरिपरिरहेकाले सडक अवरोध भएर पर्यटकको सङ्ख्यामा कमी आएको उहाँको भनाइ छ ।  

 गत आवको असोजसम्म २८ हजार चार सय ६४ र कात्तिकमा ४८ हजार आठ सय ९५ पर्यटकले निकुञ्जको भ्रमण गरेका मगरले जानकारी दिनुभयो । साउनदेखि असोजसम्म निकुञ्जभित्र पर्यटकीय गतिविधि रोकिने हुँदा पर्यटकको सङ्ख्यामा कमी आउने गरेको भन्दै सो समयमा सामुदायिक वनमा भने पर्यटकको आवागमन भइरहने गरेको उहाँले बताउनुभयो ।

 गतवर्ष विभिन्न नाकाबाट गरी तीन लाख पाँच हजार एक सय ७० पर्यटकले निकुञ्ज तथा सामुदायिक वन क्षेत्रको अवलोकन गरेका निकुञ्ज कार्यालयले जनाएको छ । यहाँ घुम्न आउने पर्यटकले सौराहा, मेघौली, कसरा, अमलटारीलगायत नाकाबाट प्रवेश गर्ने गरेका छन् । 

 सबै भन्दाबढी सौराहाबाट पर्यटक निकुञ्ज प्रवेश गर्दछन् । सामुदायिक वन तथा निकुञ्ज क्षेत्रमा एक सिङ्गे गैँडा, पाटेबाघ, भालु, अन्य वन्यजन्तु तथा चराचुरुङ्गीको अवलोकन गर्न, स्वदेशीसँगै सार्कमूलुक र तेस्रो मुलकबाट पर्यटक जङ्गल सफारीका लागि यहाँ पर्यटक आउने गर्दछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?
प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

५ घण्टा अघि

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

बैशाख ०४, २०८२

न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

बैशाख ०४, २०८२

खराब आचरण : पतनको मार्ग
खराब आचरण : पतनको मार्ग

चैत १८, २०८१

ताजा अपडेट

  • प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

    प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेट…

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …