धर्म/संस्कृति

लुम्बिनीमा हजार बुद्ध गुम्बा निर्माण


erastriya शुक्रबार, मंसिर ०७, २०८१

लुम्बिनी, ७ मङ्सिरः लुम्बिनीमा पाल थुप्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर) निर्माण गरिएको छ । कानिङ सेडुप लिङ गुम्बा सङ्गठन तथा विकास कोष परिवारद्वारा निर्मित उक्त गुम्बाको आज एक समारोहकाबीच बौद्ध गुरु छोकी निमा रिन्पोछे र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले उद्घाटन गर्नुभयो ।

बौद्ध गुरु निमा रिन्पोछेले देश तथा विदेशका चन्दादाताको सहयोगबाट हजारबुद्ध महाविहार निर्माण भएको जानकारी दिनुभयो । उहाँले बुद्धको जन्मस्थल लुम्बिनीमा विहार निर्माण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । कोषका उपाध्यक्ष लामाले उक्त गुम्बा निर्माणले बुद्ध दर्शनको प्रवर्द्धनमा ठूलो टेवा पुग्ने उल्लेख गर्नुभयो । 

उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले लुम्बिनीमा बिहार निर्माणले बौद्ध पर्यटनमा टेवा पुग्ने बताउनुभयो । विहार उद्घाटन अघि यही मङ्सिर ४ गतेदेखि प्राण प्रतिष्ठान पूजा गरिएको थियो । पुण्य मङ्गल ज्ञान बर्सात नाम शुद्धि स्नानद्धारा प्राणप्रतिष्ठान, चन्द्र अमृत नामक स्नान, शाक्यमुनी बुद्धको साधना सोह्र स्थविरको स्तुति एवं पुजन गरिएको विहारका प्रमुख तथा रिन्पोछे ग्यालजोनले जानकारी दिनुभयो । 

महायानी परम्पराअनुसार भएको पूजामा बौद्ध लामा गुरु, आनी, भिक्षुभिक्षुणी, उपासक उपासिका, विदेशी पाहुना, स्वदेशी विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

हरिबोधनी एकादशीका अवसरमा चाँगुनारायण मन्दिरमामा भक्तजनको भीड
हरिबोधनी एकादशीका अवसरमा चाँगुनारायण मन्दिरमामा भक्तजनको भीड

कात्तिक २७, २०८१

ताजा अपडेट

  • चिन भ्रमणमा जानु अघि ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

    चिन भ्रमणमा जानु अघि ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

  • प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

    प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

  • लुम्बिनीमा हजार बुद्ध गुम्बा निर्माण

    लुम्बिनीमा हजार बुद्ध गुम्बा निर्माण

  • विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको  छ : अध्यक्ष दाहाल

    विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ : अध्यक्ष दाहाल

  • विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ : प्रधानमन्त्री

    विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ : प्रधानमन्त्री

  • विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको  छ : अध्यक्ष दाहाल

    विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ : अध्यक्ष दाहाल

  • छ सय ग्राहकको विद्युत्को लाइन काटिँदै

    छ सय ग्राहकको विद्युत्को लाइन काटिँदै

  • एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको  र्‍याली दरबारमार्ग पुग्यो

    एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्‍याली दरबारमार्ग पुग्यो