समाचार

उपत्यकामा तीनजना मृतावस्थामा भेटिए


erastriya बिहीबार, मंसिर ०६, २०८१

काठमाडौँ, ६ मङ्सिरः काठमाडौँ उपत्यकामा आज तीन जना मृत भेटिएका छन् । काठमाडौँमा दुई र ललितपुरमा एक जना मृत भेटिएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नुवाकोट ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक काठमाडौँ महानगरपालिका–१६ माछापोखरी वसन्तनगरस्थित क्यासिकल होटलमा आज मृत अवस्थामा फेला परेका छन् ।

आजै काठमाडौँ–१६ माछापोखरी मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मृत भेटिएका प्रहरी नायब महानिरीक्षक कार्कीले बताउनुभयो ।

त्यस्तै, ललितपुर महानगरपालिका–२५ स्थित नख्खु खोलामा नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । तीनवटै शवलाई परीक्षणका लागि अस्पताल लगिएको बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

१ दिन अघि

उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह

१ दिन अघि

चालु आर्थिक वर्ष २०८१/ ८२ को पहिलो चौमासिक अवधिमा करिब रु ८४ अर्ब सरकारी ऋण थपिए
चालु आर्थिक वर्ष २०८१/ ८२ को पहिलो चौमासिक अवधिमा करिब रु ८४ अर्ब सरकारी ऋण थपिए

१ दिन अघि

म्याद नाघेका सामान गाउँका पसलमा
म्याद नाघेका सामान गाउँका पसलमा

१ दिन अघि

ताजा अपडेट

  • उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

    उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

  • विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

    विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

  • नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

    नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

  • यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

    यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

  • स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

    स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

  • जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

    जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

  • गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ सुरु

    गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ सुरु

  • काठमाडौँमा सात देशको कला प्रदर्शनी

    काठमाडौँमा सात देशको कला प्रदर्शनी