अन्तर्राष्ट्रिय

काठमाडौँमा सात देशको कला प्रदर्शनी


erastriya बुधबार, मंसिर ०५, २०८१

 

काठमाडौँ, ५ मङ्सिर : काठमाडौँस्थित नक्सालमा सात देशका कलाकारले सिर्जना गरेका कलाको प्रदर्शनी सुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सोसाइटी फर प्रवल प्रमानिक्स एकेडेमी अफ आर्टस्, भारतको संयुक्त आयोजनामा यहाँ ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कार्यशाला’ सुरु भएको छ ।

कार्यक्रमको प्रतिनिधिसभा सदस्य रघुजी पन्त र प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलगायत अन्तर्राष्ट्रिय कलाकारहरूले संयुक्तरूपमा उद्घाटन गर्नुभयो । प्रतिनिधिसभा सदस्य पन्तले यस्ता कार्यक्रममार्फत कला, संस्कृतिको आदानप्रदान हुने विचार व्यक्त गर्नुभयो ।

उहाँले यस्ता प्रदर्शनी र कार्यशाला विभिन्न देशमा आयोजना हुन जरुरी रहेको र यसले पर्यटन विकासका साथै आपसी सम्बन्ध विस्तारमा समेत योगदान पुग्ने बताउनुभयो । द्घाटन समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यक्रमले सातवटा देशका कलाकारसँग साक्षत्कार गर्ने अवसर दिनुका साथै कला, संस्कृतिको आदानप्रदानमा सहयोग गरेको बताउनुभयो ।

श्रीलङ्काका कलाकार महेस चतुर्रङ्ग एकनायकेले नेपाल आएर कला प्रदर्शनीमा सहभागी हुन पाएकामा खुसी व्यक्त गर्दै सात देशका कलाको अभ्यास शैली, संस्कृतिका बारेमा बुझ्ने अवसर मिलेकोमा आयोजकलाई धन्यवाद दिनुभयो । बङ्लादेशकी कलाकार रुविना नार्गिसले यस कार्यक्रममा सहभागी हुन पाउँदा धेरै खुसी लागेको बताउनुभयो ।

सोसाइटी फर प्रवल प्रमानिक्स एकेडेमी अफ आर्टसका अध्यक्ष अरूप चन्द्रले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँग सहकार्यमा कार्यक्रम आयोजना हुनु नै खुसीको कुरा भएको बताउनुभयो । प्रदर्शनीमा नेपालसँगै भारत, श्रीलङ्का, मौरिसस, बङ्गलादेश, स्पेन, अर्जेन्टिनाका ७५ जना कलाकारका एक सय ५० भन्दा बढी कलाकृति समावेश गरिएको छ । आजदेखि सुरु भएको प्रदर्शनी मङ्सिर ७ गतेसम्म चल्ने प्रतिष्ठानले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश
अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

५ घण्टा अघि

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

१२ घण्टा अघि

अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय
अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

असार १८, २०८२

चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो
चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

असार १६, २०८२

ताजा अपडेट

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…

  • एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

  • उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

    उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउ…

  • रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

    रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?