स्वास्थ्य

‘मानसिक स्वास्थ्य सम्बन्धी समस्या समाधानमा सबै पक्ष गम्भीर हुनुपर्ने’


erastriya बुधबार, मंसिर ०५, २०८१

 

कर्णाली, ५ मङ्सिर : मानसिक तथा मनोसामाजिक स्वास्थ्य सम्बन्धी समस्या समाधानमा सबै पक्ष गम्भीर भइ पहल गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

 

सेन्टर फर मेन्टल हेल्थ एण्ड काउन्सिलिङ (सिएमसी–नेपाल)द्वारा आज सुर्खेत वीरेन्द्रगरमा आयोजित ‘मानसिक स्वास्थ्यसम्बन्धी प्रदेशस्तरीय समन्वय बैठक’मा सरोकारवालाले मानसिक स्वास्थ्यमा आएको समस्याका कारण समाजमा आत्महत्याका घटना बढ्दै गएको बताएका हुन् । बैठकमा सहभागी कोशिस संस्थाका सूर्यप्रसाद भट्टराईले मानसिक र मनोसामाजिक स्वास्थ्य गरिबीसँग जोडिएकाले राज्यले नागरिकको आयआर्जन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “गरिबीबाट गुज्रेको मान्छे मानसिक रोगी बन्छ ।

उपचार गर्न जाँदा सरकारले उपलब्ध गरेको स्वास्थ्य बीमामा सस्तो औषधि मात्र पाइन्छ तर महँगो औषधि बाहिर किन्न पठाइन्छ । अनि गरिबीका कारण मानसिक रोगी बनेको बिरामीले कसरी महँगो औषधि किन्न सक्छ ? यसलाई सेवा भन्ने कि सास्ती ?” राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेशका प्रमुख रमेशकुमार थापाले मानसिक रोगीहरुको मानवअधिकार संरक्षण गर्ने दायित्व राज्यकै भएको बताउनुभयो ।

आयोगले अनुगमनकारी एवं समन्वयकारी भूमिका निर्वाह गर्दै आएको बताउँदै उहाँले विश्वव्यापी बढ्दो समस्या बन्दै गएको मानसिक स्वास्थ्यलाई गुम्न नदिन सबै सरकार तथा साझेदार निकायको साझा प्रयास आवश्यक भएको बताउनुभयो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेलले स्रोत, साधन र जनशक्तिको अभाव भएपनि नीतिगत सवालमा कर्णाली अन्य प्रदेशको तुलनामा अगाडि रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना–२०७९’ निर्माण गरेका छौं ।

अब छिट्टै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिँदैछौँ ।” प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र सुर्खेतका प्रमुख डा शक्तिकुमार सुवेदीले मानसिक स्वास्थ्य सुधारका लागि घर र विद्यालयबाटै जनचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आयुर्वेदिक उपचार, ध्यान र आध्यात्मिकतालाई जोडेर काम गर्न सकिए मानसिक स्वास्थ्यमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

सिएमसी नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले कर्णालीको मानसिक स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिनुभयो । प्रदेश सरकारको ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना’लाई सघाउने गरी संस्था अगाडि बढेको बताउँदै उहाँले कर्णालीका सात जिल्लाका २५ स्थानीय तहमा काम सुरु गरिएको र सरकारको आवश्यकतामा उच्च हिमाली जिल्ला हुम्लामा पनि काम गर्ने जनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया
मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

१७ घण्टा अघि

स्वास्थ्यप्रति सचेत बन्दै आमाहरु
स्वास्थ्यप्रति सचेत बन्दै आमाहरु

१८ घण्टा अघि

तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ

माघ ०२, २०८१

आँखा उपचार गर्न  विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन्
आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन्

पुस २७, २०८१

ताजा अपडेट

  • चीनमा शहरी रोजगारीमा ठूलो वृद्धि

    चीनमा शहरी रोजगारीमा ठूलो वृद्धि

  • यो सरकार स्थायित्वका लागि हो : उपप्रधानमन्त्री सिंह

    यो सरकार स्थायित्वका लागि हो : उपप्रधानमन्त्री सिंह

  • राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ

    राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ

  • सरकार हाम्रो प्राथमिकता होइन : अध्यक्ष प्रचण्ड

    सरकार हाम्रो प्राथमिकता होइन : अध्यक्ष प्रचण्ड

  • कांग्रेस–एमालेको सरकार बनेपछि विकासले लय समातेको छ : उपमहासचिव ज्ञवाली

    कांग्रेस–एमालेको सरकार बनेपछि विकासले लय समातेको छ : उपमहासचिव ज्ञवाली

  • पाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने

    पाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने

  • प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

    प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

  • सी र पुटिनबीच भिडियो वार्ता : चिनियाँ सरकारी मिडिया

    सी र पुटिनबीच भिडियो वार्ता : चिनियाँ सरकारी मिडिया