राजनीति

इरानद्वारा आइएइएमा आफूलाई निन्दा गर्ने युरोपेली शक्तिहरूलाई चेतावनी


erastriya बुधबार, मंसिर ०५, २०८१

इरानका विदेशमन्त्री अब्बास अराघचीले बुधबारदेखि सुरु हुने अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को बोर्ड बैठकअघि इरानको आलोचना गर्ने प्रस्ताव ल्याउन लागेकामा तीन युरोपेली शक्तिहरूलाई चेतावनी दिनुभएको छ ।

पछि कूटनीतिज्ञहरूका अनुसार पश्चिमी राष्ट्रहरूले मङ्गलबार मध्यरातपछि एजेन्सीको भियना मुख्यालयमा प्रस्ताव पेश गरेका छन् । बुधबार मन्त्रालयको विज्ञप्तिअनुसार अराघचीले आफ्ना फ्रान्सेली समकक्षी जीन–नोएल बारोटसँग कुरा गर्दै ‘जर्मनी, फ्रान्स र बेलायतका तीन देशले मस्यौदा पेस गर्ने निर्णयको कडा निन्दा गर्नुभयो’ र यसले ‘मामिलालाई अझ जटिल मात्र बनाउनेछ’ भन्दै चेतावनी दिनुभयो ।

कूटनीतिज्ञहरूले पेरिस, बर्लिन र लन्डनले बिहीबार मतदानका लागि प्रस्ताव पेस गर्ने योजना बनाएको बताएका छन् । उनीहरूका अनुसार प्रस्तावित निन्दा इरानलाई आणविक नियमहरूको पालना गर्न र आइएइएको दीर्घकालीन चिन्ताहरूलाई सम्बोधन गर्न कूटनीतिक दबाब बढाउने आवश्यकताले प्रेरित छ ।

अराघचीले आफ्नो टेलिफोन वार्तामा युरोपेली शक्तिहरूको यो कदम ‘इरान र एजेन्सीबीचको अन्तरक्रियामा सिर्जना भएको सकारात्मक वातावरणसँग स्पष्ट विरोधाभास’ भएको पनि बताउनुभयो । संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकाय (आइएइए) का प्रमुख राफेल ग्रोसी नोभेम्बर १३ मा दुई दिने भ्रमणका लागि तेहरान पुगेर फोर्डो र नतान्जमा रहेका इरानका प्रमुख संवर्धन स्थलहरूको भ्रमण गर्नुभएको थियो । इरानले यस भ्रमणलाई सकारात्मक मानेको थियो ।

तर इरानी आणविक प्रमुख मोहम्मद एस्लामीले आफ्नो आणविक कार्यक्रमलाई लक्षित गर्ने कुनै पनि ‘हस्तक्षेपकारी प्रस्ताव’ विरुद्ध चेतावनी दिँदै ‘तत्काल प्रतिकार्य’ को धम्की दिनुभएको छ । एजेन्सीले मङ्गलबार एएफपीले देखेको एक गोप्य प्रतिवेदनअनुसार इरानले अत्यधिक समृद्ध युरेनियमको भण्डार विस्तार रोक्ने दिशामा कदम चालेको बताएको छ ।

– तनाव –

इरान र एजेन्सीबीच सन् २०१५ को सम्झौता पश्चात् पटक–पटक तनाव बढेको छ । आइएइएले प्रतिबन्ध हटाउने बदलामा तेहरानको आणविक कार्यक्रमलाई नियन्त्रण गर्ने व्यवस्था गरेको थियो । सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रूपमा सम्झौताबाट संयुक्त राज्य अमेरिका फिर्ता भएको घोषणा गर्नुभएपछि र इरानमाथि भारी प्रतिबन्धहरू पुनः लागु गर्नुभएपछि यो सम्झौता भङ्ग भयो ।

जवाफमा तेहरानले सम्झौताअन्तर्गतका आफ्ना जिम्मेवारीहरूबाट पछि हट्दै संवर्धना स्तर ६० प्रतिशतसम्म बढायो । यो आणविक बम विकास गर्न आवश्यक ९० प्रतिशत सीमानजिक छ । यद्यपि आणविक विकासहरू नागरिक र शान्तिपूर्ण उद्देश्यका लागि भएको भन्दै इरानले सधैँ आणविक हतियार खोजेको कुरालाई अस्वीकार गरेको छ । आइएइएका अनुसार तेहरान ६० प्रतिशत युरेनियम संवर्धन गर्ने एक मात्र गैर–आणविक हतियार भएको देश हो । इरानले हालैका महिनाहरूमा समृद्ध युरेनियमको भण्डार बढाएको एजेन्सीले मङ्गलबार बताएको छ । यो सन् २०१५ को आणविक सम्झौतामा तोकिएको सीमाभन्दा ३२ गुणा बढी पुगेको छ ।

अक्टोबर २६ सम्म भण्डार छ हजार ६०४.४ किलोग्राम रहेको अनुमान गरिएको छ । यो अगस्टको अन्तिम त्रैमासिक प्रतिवेदनभन्दा ८५२.६ किलो बढी हो । बिहीबार अराघचीले भ्रमणमा रहनुभएका आइएइए प्रमुखलाई इरान ‘राष्ट्रिय हित’ र ‘अपरिहार्य अधिकार’ को आधारमा ‘वार्ता गर्न तयार’ रहेको तर ‘दबाब र धम्कीको अधीनमा वार्ता गर्न तयार नरहेको’ बताउनुभएको थियो ।

उहाँले शनिबार पनि तेहरान विरुद्धको प्रस्ताव पारित भयो भने इरानले ‘हाम्रो आणविक कार्यक्रममा नयाँ उपायहरू लिनेछ जुन उनीहरूले निश्चित रूपमा मन पराउने छैनन्’ भन्नुभयो । अनुभवी कूटनीतिज्ञ अराघची सन् २०१५ को आणविक सम्झौतामा पुग्ने वार्तामा इरानका मुख्य वार्ताकार हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

चैत ०३, २०८१

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार
रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

फागुन २६, २०८१

North Korea fires missiles as South begins drills with US
North Korea fires missiles as South begins drills with US

फागुन २६, २०८१

परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान
परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान

फागुन २६, २०८१

ताजा अपडेट

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…