समाचार

काँसघारीलाई फाँडेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान बनाइँदै


erastriya बुधबार, मंसिर ०५, २०८१

झापा, ५ मङ्सिरः जिल्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदानका लागि तीव्र गतिमा काम भइरहेको छ । मेची बहुमुखी क्याम्पस भद्रपुरकोे जग्गा २५ वर्षका लागि भाडामा लिएर भद्रपुर क्रिकेट क्लबले खेलमैदान बनाउने कामलाई अगाडि बढाइएको हो ।

क्याम्पस परिसरमा रहेको काँसघारीलाई फाँडेर खेलमैदान सम्याउने काम भइरहेको भद्रपुर नगरपालिका–८ का वडाध्यक्ष मनोज सुब्बाले बताउनुभयो । उहाँले यो जिल्लाकै पहिलो र कोशी प्रदेशको दोस्रो क्रिकेट रङ्गशाला हुने बताउनुभयो । “जिल्लामा अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त क्रिकेट खेलाडी धेरै छन् तर मैदान छैन”, उहाँले भन्नुभयो, “क्रिकेट खेलप्रति युवाहरुको क्रेज बढिरहेको छ, यसलाई मध्यनजर गरेर यहाँका उद्यमी, व्यवसायी र खेलप्रेमी महानुभावका साथ सहयोग लिएर मैदान धमाधम बनाइरहेका छौँ ।”

उहाँले खेलमैदान बनाउनका लागि वडाबाट गत वर्ष रु तीन लाख बजेट दिएर काम सुरु गराइएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा समेत रु तीन लाख बजेट सो मैदानका लागि विनियोजन गरिसकेको बताउनुभयो । हाल वडाको बजेटसहित खेलप्रेमी महानुभावहरुले स्वतस्फूर्त रुपमा दिइएको करिब रु १५ लाख रकमबाट खेलमैदान बनाउने काम भइरहेको छ ।

वडाध्यक्ष सुब्बाले क्रिकेट खेल, प्रशिक्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्दै क्रिकेटको विकास गर्ने उद्देश्यका साथ क्याम्पस परिसरमा खेलमैदान निर्माण सुरु गरिएको बताउनुभयो । रङ्गशाला निर्माणका लागि कति खर्च लाग्छ भन्ने यकिन भइनसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार कोशी प्रदेश सरकारले समेत चालु आर्थिक वर्षमा रु १५ लाख बजेट रङ्गशाला बनाउन सहयोग गरेको छ । पछिल्लो समय खेलमैदानका लागि क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले समेत चासो राखेको छ ।

क्लब र क्याम्पसबीच १९ बुँदे सम्झौता भएको छ । सम्झौतामा क्रिकेट क्लबका तर्फबाट अध्यक्ष आदित्य पराजुलीले र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख जीवन पोखरेलले हस्ताक्षर गर्नुभएको छ । सो सम्झौतापत्रमा खेलमैदान २५ वर्षको लिज क्लबलाई दिने र क्लबले मैदान प्रयोग गरेबापत क्याम्पसलाई वार्षिक रु ५० हजार प्रदान गरिने उल्लेख छ । उहाँले यो खेलमैदान पर्यटनमैत्री बनाउनका लागि वरिपरि जारकाण्डलगायत फूलजन्य एक सय ५० बोटविरुवासमेत लगाइएको बताउनुभयो । उहाँले विगतमा लागुऔषध दुव्यर्सनीहरुको अखेडा भएको स्थानलाई क्रिकेट मैदान बनाउन पाएकामा गौरव लागेको बताउनुभयो ।

वडाध्यक्ष सुब्बाले खेलमैदान बनाउन सुरु भएसँगै नेपाल भारत मैत्रीसँगका तर्फबाट भारतको पश्चिम विहार गलगलिया र भद्रपुरमा रहेको क्रिकेट टिमबीच खेल खेलाउन भारतीय दूतावासले आग्रह गरेर रु पाँच लाख रकमसमेत विनियोजन गरिसकेको बताउनुभयो । उहाँले सो खेलका लागिसमेत तयारी भइरहेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले तिमीलाई सम्झनेछौं !
सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले तिमीलाई सम्झनेछौं !

१७ घण्टा अघि

श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक
श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक

१ दिन अघि

नेपालमा एमसीसीले निरन्तरता पाउने
नेपालमा एमसीसीले निरन्तरता पाउने

१ दिन अघि

महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्रीलंका खेल्दै
महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्रीलंका खेल्दै

असार १८, २०८२

ताजा अपडेट

  • उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

    उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउ…

  • रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

    रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

  • हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्वीकार छैन

    हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्व…

  • सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले तिमीलाई सम्झनेछौं !

    सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले त…

  • हुदै नभएको विद्यालयको भवन बनाएको विवरण पेश गरि भ्रष्टाचार, चार जनाविरुद्ध मुद्धा दायर

    हुदै नभएको विद्यालयको भवन बनाएको विवरण पेश गरि भ्रष्…

  • रास्वपाको सचिवालयको बैठक बस्दै

    रास्वपाको सचिवालयको बैठक बस्दै

  • श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक

    श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्…

  • नेपालमा एमसीसीले निरन्तरता पाउने

    नेपालमा एमसीसीले निरन्तरता पाउने